जेन-जी आन्दोलन माओवादी आन्दोलनको निरन्तरता हो -प्रचण्ड

जेन-जी आन्दोलन माओवादी आन्दोलनको निरन्तरता हो -प्रचण्ड

केन्द्रबिन्दु
27
Shares

गोरखा । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताले उठाएका विषयहरू माओवादी आन्दोलनकै निरन्तरता भएको बताएका छन् । आईतबार कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम लाई गोरखामा संबोधन गर्दै जेन जी का मुद्दा पूरा गर्न नेकपा माओबादी केन्द्र प्रतिबद्ध रहेको स्पष्ट गरे ।

‘जेन–जी आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ,’उनले भने। देशको वर्तमान राजनीतिक अवस्था, जेन–जी आन्दोलनका मुद्दा तथा पार्टीको आगामी कार्यदिशाबारे पार्टीको धारणा स्पष्ट पारे ।

अन्तरिम सरकारबारे टिप्पणी गर्दै प्रचण्डले हालको सरकारलाई समर्थन जनाउने निर्णय संविधानसम्मत प्रक्रियामार्फत भएको उल्लेख गरे । ‘केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले समर्थन जनाएका थियौँ, तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गरौँ भन्ने थियो,’उनले भने ।

चुनाव नजिकिँदै गएपछि प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरेका छन् ।
‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो । सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दै उनले चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन,’उनले भने ।

देशभर माओवादी केन्द्रप्रतिको जनविश्वास बढ्दै गएको दाबी गर्दै प्रचण्डले पार्टीको संगठन विस्तार तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए । यस्तै प्रचण्डले समाजवादी मोर्चामा आवद्द दलहरुसँग पार्टी एकताको छलफल भईरहेको जानकारी गराउँदै सम्पुर्ण बाम शक्तिहरु एक हु्नुको विकल्प नरहेको उल्लेख गरे ।

Skip This
Skip This
Logo