काठमाडौं
नक्कली बेलायती पासपोर्टमा नेपाल आएका ४ पाकिस्तानी नागरिक पक्राउ परेका छन् । आइतबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ठमेलबाट पक्राउ गरेको हो । इन्टरपोलले उनीहरुको पासपोर्ट नक्कली भएको जानकारी नेपालमा दिएपछि प्रहरीले खोजी गरेर ठमेलबाट चार जनालाई नियन्त्रणमा लिएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत होमनाथ थपलियाले उनीहरुलाई नियन्त्रमा लिएर थप अनुसन्धान भइरहेको बताए । ‘उनीहरु यही असार १ गते नेपाल भित्रिएका हुन्’, उनले भने, थप दुई जना पनि शंकाको घेरामा छन् । उनीहरुलाई पनि गिरफ्तार गरेर अनुसन्धान गरिने छ ।’ अनुसन्धान जारी रहेकाले नक्कली पासपोर्टमा आए नआएको अहिले सम्म पुष्टि नभएको थपलियाले बताए ।































प्रतिक्रिया