गोरखा। गोरखाका विभिन्न स्थानमा भारी हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित भएको छ । उत्तरी चुमनुब्री गाउँपालिका १ साम्दो र सामागाउँमा सोमबार रातिदेखि हिमपात सुरू भएको त्यहाँ रहेको बोर्डर आउटपोस्ट (बिओपी) ले जानकारी दिएको छ ।
हिमपातका कारण मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरू बढी मात्रमा प्रभावित भएका छन् ।
५१०६ मिटर उचाइमा रहेको लार्केपास गएका विदेशी पर्यटकहरू रोकिएका छन् । उनीहरू घरभित्रै कोही आगो ताप्दै रमाइलो गरिरहेको गोरखा स्थित हाम्रा संवाददाता किरण ढकालले जानकारी दिएका छन् ।
उनका अनुसार कोही बाहिर निस्केर सेल्फी खिच्दै रमाइरहेका छन् भने कोही घरभित्र खानपानमा व्यस्त छन्।
हिमपातका बेला यात्रामा ननिस्कन जिल्ला प्रशासन कार्यलय गोरखाले आग्रह गरेको छ ।































प्रतिक्रिया