सञ्चारकर्मी बगाले सम्मानित

सञ्चारकर्मी बगाले सम्मानित

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगाले सम्मानित भएका छन् ।आज एक कार्यक्रमबीच प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रूपमा उनलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन्।

जेन्जी प्रदर्शनका क्रममा क्षतिग्रस्त काठमाडौँ उपत्यका ‘ट्राफिक कन्ट्रोल रूम’ पुनर्निर्माणमा सञ्चारमाध्यमका तर्फबाट उल्लेखनीय सहयोग गरेबापत उनलाई सम्मान गरिएको हो ।

एनआरएनएको करिब रु ७५ लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको छ । सम्मान ग्रहणपछि सञ्चारकर्मी बगालेले भने, “यो सम्मान मेरो पत्रकारिता यात्राको प्रेरणाको स्रोत बनेको छ । यसले मेरो मनोबल र जिम्मेवारी दुबै बढाएको छ ।” उक्त पुनर्निर्माणले प्रवासी नेपाली र मातृभूमिको सम्बन्धलाई अझ सशक्त बनाएको भन्दै एनआरएनएको सराहना गरेका छन् ।

Skip This
Skip This
Logo