शिक्षक सेवा आयोगले दश हजार शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
प्राथमिक तहका खुला तथा समावेशी रूपमा ९ हजार ९९६ शिक्षक माग गरेको हो। आयोगले शुक्रबार सूचना प्रकाशित गरी असार ३० गतेसम्म दरखास्त फाराम भर्न सूचित गरेको छ।
बिज्ञापन अनुसार खुलातर्फ ५ हजार ४९८ कोटा तोकिएको छ। यस्तै, महिलामा एक हजार ४२१, दलित महिलामा ४९, मुस्लिम महिलामा १७ कोटा निर्धारण गरिएको छ। पहिलोपटक महिलाभित्र पनि उपसमूह बनाइएको छ । त्यस्तै आदिवासी जनजाति कोटामा एक हजार २१५ जना, मधेशीतर्फ ९८६, दलितमा ४०५, अपाङ्गता भएका व्यक्तिका लागि २२५ र पिछडिएका क्षेत्रका लागि १८० कोटा छुट्याएको छ।
लिखित परीक्षा असोज १३ गते शनिबारका लागि तय गरिएको छ। शिक्षा विषयमा कम्तीमा दश महिनाको तालिम वा शिक्षा शास्त्र संकायमा कम्तीमा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्णले परीक्षा फाराम भर्न सक्नेछन् ।































प्रतिक्रिया