फलेवासमा आठ प्रजातिका धानबालीको अनुसन्धान,रैथाने बाली लोपोन्मुख अवस्थामा

फलेवासमा आठ प्रजातिका धानबालीको अनुसन्धान,रैथाने बाली लोपोन्मुख अवस्थामा

केन्द्रबिन्दु
69
Shares

निर्मल पौडेल पर्वत । पर्वतको फलेवासमा आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धानखेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो ।

राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान गरेको हो ।

फलेवास नगरपालिका–६ देवीस्थानमा रहेको शक्ति कृषि तथा पशुपन्छी फर्म र नमूना कृषि सहकारीको सहकार्यमा धानका स्थानीय आठ जातको धानको मूल बीउ उत्पादन गरिएको छ । पोखरेली जेठोबुढो, रामधान चैते पाँच, हर्दिनाथ, सुुक्खा धान, स्थानीय धानको बीउ उत्पादन गरिरहेको छ ।

अहिले राष्ट्रिय धान अनुसन्धान कार्यलयको सहयोगमा आइआर १६, एल ७०४ र आइआर १६, ए ३७०८, आइआर २२८ एल, आइआर १३÷२०८४, यसभिआइएन ३६८ नयाँ प्रजातिको धानको मूल बीउ अनुसन्धान गरिएको हो ।

यसैबीच, कृषि प्राविधिकमार्फत धानको बीउ परीक्षणपछि बीउ वितरण गरिने अर्जुन श्रेष्ठले बताए । धानको बीउ तथा अन्य अन्नबालीको बीउ बिक्रीमा फलेवास नगरपालिकाले सहयोग गर्दै आएको उनले बताए। गत वर्ष यस क्षेत्रको धानको बीउ फलेवास नगरपालिका, जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, कृषि विकास मन्त्रालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र पर्वतलगायतका सरकारी निकायमा रु आठ लाख बराबरको बिक्री भएको थियो ।

बर्सेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तन, सिँचाइको अभाव, बाँदर आतङ्कजस्ता कारणले कृषकहरूको धानतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरेपछि धानखेतीतर्फ आकर्षण बढ्ने विश्वास फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीले गरेकी छन्।केन्द्रले यसअघि गत हिउँदमा फलेवास नगर पालिका ६ देवीस्थानका १२ जना किसानको खेतमा गहुँबालीको पनि अनुसन्धान गरेको थियो ।

यसरी हाइब्रिड वणशंकर धानहरुका कारण फलेवासमा उत्पादन हुँदै आईरहेका रैथाने धानहरु भने लोपोन्मुख अवस्थामा पुगेका छन् । फलेवासका विभिन्न वडाहरुमा लगाईने रातो अनदी,पँहेलो झिनुवा,जर्नेली,मन्सुली, मानापाथी,आँटीघरे बिरम्फूले,गुडुडा,गौरिया,जर्पनी,छोटी आइयार,थापाचिनी,गोला लगायत फलेवासको हावापानीमा सदियौकाल देखी लगाईएका रैथानी धानहरु लोपोन्मुख अवस्थामा हुँदै गएको फलेवास ७ का किसान भुवानीप्रसाद पौडेल बताउँछन् । रैथाने बालीको सट्टा वर्णशंकर जातका धानहरु दीर्घकालसम्म उब्जानी दिन नसक्ने उनको ठहर छ ।

धानमा मात्र हैन मकै गहुँबालीमा समेत हाईब्रिड विउका कारण रैथाने प्रजातीहरु लोप हुँदै गएका छन् । वणशंकर प्रजातीका बिउविजनको सट्टा फलेवासको हावापानीमा सदियौँदेखी लगाईदै आएका रैथाने प्रजाती लाई प्राथमिकता दिनुपर्ने खानीगाउँका भिम लम्साल बताउँछन् ।

हाइब्रिड प्रजातिका धानको भात रैथाने प्रजातीका धानका जस्तो मीठो स्वाद नहुने देविस्थानका राम पौडेलको भनाई छ । आयतित बालीहरुलाई भन्दा यहीको भूगोल र हावापानी सुहाँउदो रैथाने बालीलाई नै प्राथमिकता दिन सके राम्रो उत्पादन सँगै दीर्घकालसम्म उत्पादन गर्न सकिने उनको भनाई छ ।

कृषक तथा कृषी प्राविधिक आनन्द पौडेलका अनुसार यसरी ल्याईएको बिउ केही उम्रने र केही नउम्रने गरेको उनको अनुभव छ भने कुनै धान नपसाउने समेत गरेको छ । उनले बताएअनुसार हाईब्रिड प्रजातीका धानहरुमा कालोपोको अध्याधिक मात्रमा देखिने कहिँकतै पसाउने बेलामा धानबाली मर्ने समेत गरेको छ ।

यस्तै धान पकट क्षेत्र, मकै पकट क्षेत्र,गहुँबाली पकट क्षेत्रका नाममा बिउविजन प्राविधिक सहयोग देखी अन्य नगरवाट प्राप्त हुने कृषी सेवा सुविधामा अनियमिता हुने गरेको समेत फलेवासका स्थानिय कृषकहरुको गुनासो छ ।

Skip This
Skip This
Logo