नेपाली मूलकी एक महिला दक्षिण कोरियामा प्रहरी अधिकृत बनेकी छन् । दक्षिण कोरियाली नागरिकसँग बिहे गरेर गएकी २८ वर्षीया सम्झना राईले हालै राज्य-प्रशासन प्रहरी परीक्षा पास गरेकी ग्वान्जुस्थित चोसुन विश्वविद्यालयले जनाएको छ ।
कोरियाभन्दा बाहिरका देशबाट प्रहरी परीक्षा पास गर्ने सम्झना पहिलो विद्यार्थी हुन्। उनी कोरियाकै पहिलो विदेशी प्रहरी बनेकी छन् । राईले अब केन्द्रीय प्रहरी एकेडेमीमा पूर्व-नियुक्तिको ८ महिने तालिम लिनुपर्नेछ। त्यसपछि जेयोन्जी प्रान्तीय प्रहरी एजेन्सीमा वैदेशिक मामिला विभागमा काम गर्ने बुझिएको छ ।
राई सन् २०१० मा नेपालबाट दक्षिण कोरिया पुगेकी थिइन्।































प्रतिक्रिया