सरकारबिरुद्ध सिंहदरबारभित्रै प्रदर्शन गर्न नपरोस्- काँग्रेस

सरकारबिरुद्ध सिंहदरबारभित्रै प्रदर्शन गर्न नपरोस्- काँग्रेस

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले सुर्खेतमा भएको घटनाको कडा बिरोध गरेको छ । कांग्रेसले पार्टी कार्यालय भित्रै पसेर आफ्ना कार्यकर्तामाथि प्रहरीले गरेको धरपकडको घटनाप्रति गम्भीर आपत्ति जनाएको हो ।

‘सडक लोकतन्त्रको अभिन्न अंग हो, त्यहाँको प्रदर्शनपछि पार्टी कार्यालय भित्रै पसेर दमन गर्ने प्रयत्न जंगली शैली हो ।’पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भनेका छन् ।‘यस्ता घटनाको प्रतिवादमा सिंहदरबार भित्रै पसेर प्रमकै कार्यालयअघि प्रदर्शन गर्नुपर्ने स्थिति बन्न सक्छ । सरकार गम्भीर बनोस् ।’ उनको ट्विटमा उल्लेख छ ।

मूल्य वृद्धि फिर्ताको माग गर्दै कांग्रेसको भातृ संगठन विरोधमा उत्रिएको थियो ।

Skip This
Skip This
Logo