नेकपामा ‘सर्वाधिक कठिन समय’, सचिवालय र क्याविनेट एउटै समयमा

नेकपामा ‘सर्वाधिक कठिन समय’, सचिवालय र क्याविनेट एउटै समयमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद थप उत्कर्षमा पुगेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यतिबेला नेकपा सर्वाधिक कठिन समयमा पुगेको बताएका छन् । नेकपा विवादलाई टिप्पणी गर्दै मन्त्री भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सर्वाधिक कठिन समय’ भट्टराईको टिप्पणीलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

पार्टीको सचिवालय वैठक आज १ बजेलाई बस्दैछ । सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वनिर्धारित समयअनुसार नै सचिवालय बैठक बस्ने बस्ने बताएका छन् ।

सामाजिक ट्वीटरमार्फत प्रवक्ता श्रेष्ठ आज बुधबार दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने जानकारी दिएका हुन् । ‘हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्वनिर्धारित कार्यकमअनुसार आज १ बजे बालुवाटारमा बस्दैछ,’ प्रवक्ता श्रेष्ठले बुधबार बिहान ट्वीट गरेका छन्  ।

तर, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसाे १ बजे नै मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । पार्टीमा देखिएको यो अवस्थालाई यतिबेला ‘वार कि पार’ भनेर विश्लेषण हुन थालेका छन् ।

गत शुक्रवारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले फरक राजनीतिक प्रतिवेदन र अध्यक्ष ओलीलाई सम्वोधन गर्दै ७ पेज लामो पत्र बुझाएपछि नेकपा विवाद जटिल मोडमा पुगेको देखिएको छ ।

प्रचण्डले पेश गरेका प्रस्ताव अव्यवहारिक र असान्दर्भिक भएको भन्दै ओली पक्षका नेताहरूले असहमति जनाउँदै आएका छन् । प्रचण्डले पेश गरेका प्रस्ताव फिर्ता नगर्दासम्म कुनै कमिटीको बैठक बस्न नसक्ने उनीहरूले बताउँदै आएका छन् ।

यता प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ समूहले सो पत्र आफूहरुको सामूहिक भन्दै फिर्ता नगर्ने बताएका छन् ।

Skip This
Skip This
Logo