कालीगण्डकीमा एक बेपत्ता, एकको उद्धार

कालीगण्डकीमा एक बेपत्ता, एकको उद्धार

केन्द्रबिन्दु
15
Shares

तानसेन। पाल्पा र स्याङ्जाको सिमानामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् भने एकको उद्धार गरिएको छ ।

आज पौडी खेल्दै गर्दा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १५ वर्षीय बखन शाही बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए ।

शाहीसँगै पौडी खेल्न जानुभएका १६ वर्षीय विराज न्यौपानेलाई प्रहरी र स्थानीयले भने सकुशल उद्धार गरेका छन् ।

बेपत्ता शाहीको खोजतलास भइरहेको प्रहरी निरीक्षक प्रधानले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo