आयाेन भीले पायाे ५-स्टार सेफ्टी रेटिङ

आयाेन भीले पायाे ५-स्टार सेफ्टी रेटिङ

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । आयाेन भीले हालै यूरो एनक्याप टेस्ट २०२५ मा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । अटोमोबाइलका लागि विश्वको सबैभन्दा सम्मानित सुरक्षा मूल्यांकनहरू मध्ये एक उक्त परिक्षणमा आयाेन भीले यस्तो उपलब्धी हासिल गरेको हो ।

उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि विश्वव्यापी रूपमा परिचित ईभी ब्रान्ड आयाेनले विश्व ईभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ । एसिया, युरोप र मध्य पूर्वमा आफ्नो बढ्दो उपस्थितिका साथ एवोन निकै प्रचलित बनेको छ ।

नेपालमा सीजी मोटर्सले आधिकारिक वितरको यस ब्रान्डको एवोन भी र एवोन वाई जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभी उपलब्ध छन् । भविष्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र उन्नत सुविधाहरूका साथै एवोन भी सुरक्षामा पनि उत्कृष्ट सावित भएको छ ।

एवोन भीमा उन्नत बडी स्ट्रक्चर, मल्टी–सेन्सर कोलिजन डिटेक्सन र एआई संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू रहेका छन्, जसले चालकलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्दछ ।

Logo