लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेस क्वाटरफाइनलमा

लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेस क्वाटरफाइनलमा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । इङ्ग्लिस फुटबल लिग कपको चौथो राउन्डमा प्रिमियर लिग क्लब लिभरपुलले लज्जास्पद हार बेहोरेको छ। बुधबार राति एन्फिल्डमा भएको खेलमा क्रिस्टल प्यालेसले लिभरपुललाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताबाट पाखा लगाइदिएकाे हाे ।

अघिल्लो चरणमा मुख्य खेलाडीहरूलाई विश्राम दिएर युवा टोलीलाई उतारेकाे लिभरपुलको रणनीति सफल हुन सकेन। क्रिस्टल प्यालेसका स्ट्राइकर इश्माएला सारले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे भने येरेमी पीनोले एक गोल थपे।

लिभरपुललाई स्तब्ध पार्दै क्रिस्टल प्यालेसले अब क्वाटरफाइनलमा आर्सनलसँग भिड्ने पक्का भएको छ।

Skip This
Skip This
Logo