काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच भएको सम्झौताको अवधि सकिनुअघि नै रसले राजीनामा दिएका हुन् ।
अस्ट्रेलियाली प्रशिक्षक म्याट रस यसै वर्षको फागुन १८ गतेमा एक वर्षको सम्झौतासहित नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपाली टोलीले एएफसी एसियन कप २०२७ को छनोट लगायतका महत्वपूर्ण खेलहरू खेलेको थियो । तर जितविहीन रह्याे ।































प्रतिक्रिया