काठमाडौं । आगामी मंसिर १ गतेदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकल ‘टु ह्विलर पार्टनर’मा नियुक्त भएको छ ।
आज काठमाडौंका एक विशेष कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबीच सम्झौता भएको हो। सम्झौतापत्रमा क्यानका सचिव पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार गोल्छा ग्रुपले एनपीएल प्रतियोगितामा तीन वटा मोटरसाइकल प्रदान गर्नेछ । ती बाइक सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट उदयीमान (इमर्जिङ) खेलाडीलाई पुरस्कारस्वरूप दिइने जानकारी गराइएको छ।
सो अवसरमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले एनपीएलसँग सहकार्य गरेर नेपाली क्रिकेटलाई अझ ऊर्जा थप्न पाएकोमा गौरवान्वित महसुस गरेको बताए ।
क्यान सचिव पारस खड्काले भने, ‘पल्सरसँगको साझेदारी नेपाली क्रिकेटका लागि सकारात्मक कदम हाे । हामी तयारीको अन्तिम चरणमा पुगेका छाैँ । प्रतियोगिता सुरु हुनु केही दिनअघि हामी पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी गराउनेछाैं ।’































प्रतिक्रिया