एकता सम्भव छैन, प्रचण्ड र नेपालले राजीनामा दिनुस् : घनस्याम भुसाल

एकता सम्भव छैन, प्रचण्ड र नेपालले राजीनामा दिनुस् : घनस्याम भुसाल

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले माओवादी केन्द्रसँग गर्ने भनिएको एकता प्रक्रियामा आफ्नो सहमत नरहेको बताएका छन् । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै भूसालले वर्तमान समस्यालाई सम्बोधन हुने गरी एकता नभए झन् ठूलो दुर्घटना निम्त्याउने भएको भन्दै आफ्नो सहमती नरहेको बताएका हुन् ।

भुसालले अहिलेकै तरिकाले एकता गर्दा समाजवादी मात्र नभई माओवादी केन्द्र पनि सग्लो नरहन सक्ने औँलाए । उनले भने, ‘एकताको प्रक्रियामा मेरो सहभागिता छैन,एकताबारे मैले सुरूदेखि नै भनिरहेको छु–प्राविधिक कुरा हैन राजनीतिक कुरामा केन्द्रित हुनुपर्छ।’

अहिलेको समाजलाई सम्बोधन गर्ने गरी पार्टीको नीति र संगठन बनाउनुपर्नेमा जोड दिँदै भुसालले माओवादीसँगको एकता ठिक ढंगले र वर्तमान समस्यालाई सम्बोधन हुने गरी नभए ठूलो दुर्घटना ल्याउने जिकिर गरे । विगतमा नागरिक स्वतन्त्रता लोकतन्त्र र व्यवस्थाका कुरा गर्दा जनताले साथ दिएको स्मरण गराउँदै भुसालले वर्तमान अपेक्षा र मागलाई संवोधन गर्न नसक्दा पछिल्लो परिस्थिती सिर्जना भएको औँलाए।

भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेतृत्वबाट बिदा लिनुपर्ने बताए। ‘प्रचण्ड र माधव कमरेडसँगै हुँदा पनि मैले भनेको छु– मूल नेतृत्वले बिदा लिनुहोस्। पार्टी पुनर्गठन गरौं। अहिलेको समस्यामा मूल नेतृत्व नै मुख्य जिम्मेवार हो,’ उनले भने।

Logo