काठमाडौं
नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ‘लुट’ फिल्मका निर्माता माधव वाग्ले सहित तीन जनालाई जिल्ला अदालत काठमाडौंले जेल चलान गरेको छ । शिवप्रसाद खनालको इजलासले बुधबार वाग्लेसँगै सुदीप घिसिङ र महेन्द्र बोगटीलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।
काठमाडौं जिल्ला अदालत मुद्दा फाँटका शाखा अधिकृत टीकासिंह खत्रीका अनुसार सोही मुद्दामा पक्राउ परेका प्रकाश सुवेदी र विवेक नापित एक–एक लाख धरौटीमा छुटेका छन् भने साजन भुलुन साधारण तारिखमा छुटेका छन् ।
प्रहरीले गत जेठ २ गते दुई करोड ५० लाख नक्कली नोट सहित पक्राउ गरेको थियो । वाग्लेले नयाँ चलचित्र ‘चङ्गाचेट’ निर्माणको खर्च जुटाउनका लागि नक्कली नोट छापेको बयान दिएका थिए । नक्कली नोट कारोबार गरेको खुलेपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान अगाडि बढाएको थियो ।
अन्नपूर्णबाट































प्रतिक्रिया