कप्तान रोहितको शतकका बाबजुत नेपाल युएईसँग पराजित

कप्तान रोहितको शतकका बाबजुत नेपाल युएईसँग पराजित

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको एकदिवसीय खेलमा नेपालले निराशाजनक हार बेहोरेको छ। कप्तान रोहित कुमार पौडेलको शानदार शतकीय पारीका बाबजुद नेपाल युएईसँग ५ विकेटले स्तब्ध भएको हो ।

दुबईको मैदानमा २३४ रनको विजयी लक्ष्य पछ्याएको यूएईले ४३.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। यूएईको जितमा ओपनर आर्यान्श शर्माले महत्वपूर्ण ९८ रनको शानदार पारी खेले। यस्तै, अलीशान शराफुले आक्रामक ४५ रन बनाएर जित सुनिश्चित गरे।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए पनि जितका लागि त्यो पर्याप्त भएन।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक १०९ रन बनाए भने आसिफ शेखले ३५ र आरिफ शेखले २७ रनको योगदान दिए।

यूएईका जाहीद अलीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने जुनैद सिद्दिकीले ३ विकेट हात पारे।

यस हारसँगै लिग-२ मा नेपालको अङ्क तालिकामा सुधार गर्ने प्रयासमा धक्का लागेको छ।

Skip This
Skip This
Logo