काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ तिहाइ बहुमतको सरकार हुँदा हुँदै पनि राष्ट्रिय एकता र विकासको संकल्पका लागि राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउन खोजिएको बताए । "/>

नेपाली कांग्रेस नभए पनि डेमोक्रेसी चल्छ : प्रचण्ड

नेपाली कांग्रेस नभए पनि डेमोक्रेसी चल्छ : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ तिहाइ बहुमतको सरकार हुँदा हुँदै पनि राष्ट्रिय एकता र विकासको संकल्पका लागि राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउन खोजिएको बताए ।

उनले देश विकासका लागि कांग्रेस बाहेकका दललाई सरकारमा ल्याएर हातेमालो गर्न चाहेको बताए । ‘कम्तिमा पनि नेपाली कांग्रेसलाई सरकारमा ल्याउनु हुँदैन, ल्याउनु जरुरी पनि छैन’, दाहालले भने, ‘बाँकी अन्य दललाई ल्याएमा लोकतन्त्र चल्छ ।’

संसद नियमावालीमा दागी सांसदलाई निलम्बनको व्यवस्था नराखेको बारेमा पनि दाहालले कांग्रेसलाई दोष दिए । ‘यो नियमवालीमा निलम्वन बाहेक अरु अर्थ लाग्ने खालको भाषा छैन’, उनले भने, ‘ऐनमा निलम्बन शब्द राख्ने कुरामा कांग्रेस सहमत भएपछि यस्तो आएको हो ।’

प्रचण्डले भौतिक पूर्वाधार निर्माणमा बदमाशी गरेको पाइए आफ्नै घरबेटीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । गृहजिल्ला चितवन पुगेका प्रचण्डले मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘यहाँ मेरो वा कसैको घरबेटी भन्ने चर्चा गर्नु आवश्यक नै छैन । बदमाशी भएको छ भने कारबाही हुनुपर्छ । म बसेको घरको मान्छेले पनि गल्ती गरेको भए कारबाही हुन्छ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo