‘जेनजीहरुको माग पूरा गर्न महाधिवेशनभन्दा अधिवेशन आवश्यक छ’ -रामहरि खतिवडा

‘जेनजीहरुको माग पूरा गर्न महाधिवेशनभन्दा अधिवेशन आवश्यक छ’ -रामहरि खतिवडा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले जेनजीहरुको माग पूरा गर्न उनीहरुलाई पार्टीमा समावेश गर्नुपर्ने र त्यसका लागि विशेष महाधिवेशन भन्दा अधिवेशनको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले विशेष महाधिवेशन भन्दा अधिवेशनको आवश्यकता रहेको बताएका हुन् । उनले भने, ‘जेनजीहरुको आन्दोलनपछि जेनजीहरुको माग पुरा गर्न उनीहरुलाई पनि पार्टीमा समावेश गर्ने हो भने विशेष महाधिवेशन भन्दा अधिवेशनको आवश्यकता छ । विशेष महाधिवेशन गर्न केन्द्रका लागि उहाँहरुले बुझाउनु भएको छ । केन्द्रको सभापतिको वा उपसभापतिको महामन्त्रीको केन्द्रिय सदस्यहरुको मात्र गर्ने हो की स्थानिय तहको वडादेखि पालिका हुँदै जिल्ला हुँदै अरुको पनि गर्ने हो त्यो स्पष्ट छैन ।’

उनले विशेष महाधिवेशनको लागि स्पष्ट नभएकाले केन्द्रिय समितिको बैठकमा छलफल जारी राखेको पनि जानकारी दिए ।

नेता खतिवडाले नेपाली कांग्रेसको विधानबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधि र केन्द्रिय सदस्यहरुको अवधि यही मंसिर २९ गतेसम्म मात्र रहेको बताए । उनले विधानुसार एक वर्षको म्याद थप्न सकिने व्यवस्था भएपनि अधिवेशन भयो भने सबैको पदावधि थप्नु नपर्ने समेत बताए ।

‘हामी सामान्यतया चार वर्षका लागि विधानबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधि र केन्द्रिय सदस्य हौँ । विधानले एक वर्ष थप्ने समय दिएको छ । जुन केन्द्रिय समितिले निर्णय गरेपछि मात्र थपिन्छ । अब हाम्रो अवधि विधानतया नथपिने अवधि हाम्रो पनि यही मंसिर २९ गतेसम्म मात्र हो’ उनले भने, ‘२९ गतेसम्म अधिवेशन भयो भने हामी सबैको पदावधि थप्नु परेन । नत्र केन्द्रिय कार्यवाहक सभापति देखि महामन्त्री, उपसभापतिदेखि केन्द्रिय सदस्यहरुको थप गर्नुपर्छ । हैन भने कसैको पनि पदावधि रहँदैन ।’

Skip This
Skip This
Logo