काठमाडौं
नर्वेका मुटु सर्जन मोन्स ली आँखामा मोतीयाविन्दुको शल्यक्रिया गर्न जहाज चढेर नेपाल आए । ७६ वर्षीय ली कैलालीको गेटा अस्पतालमा शल्यक्रिया गरेपछि खुशी हुँदै फर्केको नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्रले गर्व साथ सुनाए । युरोपबाट आएका लीको शल्यक्रिया डा. सुरेशराज पन्तले गरेका थिए ।
नेपालका आँखा अस्पतालमा मोतीयाविन्दुको सफल शल्यक्रिया हुने थाहा पाएपछि भारत लख्खिमपुरको मजिस्ट्रेटका वृद्ध बुबाले जिद्दी गरे । ‘अप्रेसन गर्ने हो भने म नेपालमै गर्छु, नत्र गर्दिनँ ।’ त्यसपछि ती मजिस्ट्रेटले पुनाबाट बुबालाई नेपाल ल्याए । शल्यक्रिया गराएर फर्किए ।
यी घटना प्रतिनिधिमूलक मात्र हुन् । सामान्य बिमार वा अप्रेसनका लागि पनि विदेश जाने प्रवृत्ति बढिरहेको बेलामा आँखाको शल्यक्रिया गर्न भने नेपाल विदेशीका लागि पनि सस्तो र भरपर्दो गन्तव्य बनेको छ ।
मोतीयाविन्दु होस् वा खस्रे रोग, अहिले नेपालमा आँखाको उपचार एवं शल्यक्रियामा सुलभ देखेर विदेशबाट आउनेको संख्या बढ्दै गएको छ । खस्रे रोगको गत वर्ष ३० हजार जनाको शल्यक्रिया गरिएकोमा २० हजार भारतीय नागरिक भएको संघका कार्यकारी निर्देशक शैलेश कुमार मिश्रले जानकारी दिए । मोतीयाविन्दुको शल्यक्रिया भारतमा भन्दा नेपालमा सस्तो छ । नेपालमा मोतीविन्दुको शल्यक्रिया खर्च १२ सय रूपैयाँ लाग्छ भने भारतमा सोही शल्यक्रियाका लागि ८ हजार भारतीय रूपैयाँ लाग्ने चिकित्सकहरू बताउँछन् ।
विगतमा आर्थिक रूपले विपन्न भारतीयहरू आउने गरेकोमा अहिले मध्यमवर्ग पनि आकर्षित भइरहेको बिपी कोइराला नेत्र अध्ययन केन्द्र, शिक्षण अस्पतालकी आँखा रोग विशेषज्ञ डा. मिनु चौधरी बताउँछिन् । उनी भन्छिन्, ‘आँखाको उपचार गर्न भारतबाट बच्चा लिएर पनि आउन थालेका छन् ।’ सन् २०१४ मा संघ अन्तर्गतका अस्पतालको बहिरंगमा आएका बिरामी मध्ये ४४ प्रतिशत भारतीय थिए । सन् २०१६ मा मुलुकका सम्पूर्ण आँखा स्वास्थ्य संस्थाहरूले बहिरंग सेवा मार्फत सेवा दिएका ९ लाख २९ हजार भन्दा बढी बिरामीहरू विदेशी नागरिक थिए ।
अन्नपूर्णबाट































प्रतिक्रिया