हेटौंडा

असार ५ देखि तीन दिन हेटौंडामा हुने नेपाली कांग्रेसका जिल्ला सभापति राष्ट्रिय भेलामा पार्टीको पछिल्लो हारको कारक पार्टी सभापति शेरबहादुर देउवालाई नै बनाएर उनलाई असफल बनाउने रणनीति तयार पार्न शीर्ष नेताहरु लागेका छन् । "/>

सभापतिलाई असफल बनाउने रणनीतिमा शीर्ष नेताहरु

सभापतिलाई असफल बनाउने रणनीतिमा शीर्ष नेताहरु

केन्द्रबिन्दु
0
Shares

हेटौंडा

असार ५ देखि तीन दिन हेटौंडामा हुने नेपाली कांग्रेसका जिल्ला सभापति राष्ट्रिय भेलामा पार्टीको पछिल्लो हारको कारक पार्टी सभापति शेरबहादुर देउवालाई नै बनाएर उनलाई असफल बनाउने रणनीति तयार पार्न शीर्ष नेताहरु लागेका छन् । उनीहरुले यस विषयमा आन्तरिक लविङ नै सुरु गरेका हुन् ।

पार्टीको पछिल्लो अवस्थाको कारक संस्थापन पक्षलाई बनाएर देउवालाई असफल बनाउने नेताहरुको आन्तरिक योजना रहेको बुझिएको छ । वैशाख १६ गते भएको कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी समीक्षा लगायत विषयमा छलफल गर्न जिल्ला सभापतिहरुको भेला हेटौंडामा गर्ने निर्णय गरेको थियो ।

त्यसपछि पार्टी नेतृत्व गरिरहेका देउवाको समूह, पार्टी नेतृत्व प्रति असन्तुष्ट रामचन्द्र पौडेलको समूह र पार्टीमा युवा नेतृत्व हुनुपर्ने आवाज उठाउने गगन थापाको समूह सक्रिय छन् । ती समूहहरु बीच आन्तरिक रणनीति बुनिएको नेताहरुको भनाइ छ । लामो समय देखि जिल्ला सभापति तथा महासमिति बैठक हुन नसकेको भन्दै पार्टी सभापति देउवालाई पौडेल र थापा समूहले आलोचना गरेपछि भेला हुने भएको हो ।

जिल्ला सभापति भेलाको समय तोकिएपछि पार्टी नेतृत्व प्रति असन्तुष्ट समूहहरुको सक्रियता बढेको पाइएको छ । निर्वाचनमा बेहोरिएको पराजय, कमजोर पार्टी संरचना र नीतिगत विषयलाई उठाउँदै संस्थापन पक्षलाई थप घेराबन्दीमा पार्ने रणनीतिमा पौडेल पक्ष जुटेको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo