राज्यसत्ता चलाउने कुरा क्लब चलाए जस्तो होइन :आनन्द श्रेष्ठ

राज्यसत्ता चलाउने कुरा क्लब चलाए जस्तो होइन :आनन्द श्रेष्ठ

केन्द्रबिन्दु
12
Shares

रामेछाप । वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जेनजीका नाममा सबै खालका अपराधकर्मीलाई उन्मुक्ति दिन नसकिने बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन लाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले जेनजीको नाममा भदौ २३ र २४ गते भएका अपराधको घटनामा संलग्नलाई छाड्न नहुने बताए । ‘जसले जे अपराध गरे पनि जेनजी भन्ने बित्तिकै छाड्ने हो भने समाज कहाँ पुग्छ ? देश के होला?’ उनले प्रश्न गरे ।

श्रेष्ठले राज्य सत्ता सञ्चालन गर्ने विषय ख्यालख्यालको विषय नभएको बताए । सुशीलाकार्की नेतृत्वको वर्तमान अन्तरिम सकारलाई अपराधीलाई उन्मुत्ति mदिने हिसाबले ख्यालख्याल नगर्न आग्रह गरे । ‘राज्य सत्ता सञ्चालन गर्ने कुरा कुनै क्लब सञ्चालन गरे जस्तो होइन ।’ उनले भने ।

भदौ २३ र २४ को घटनालाई एउटै डालोमा हालेर हेर्न नमिल्ने उनले बताए । मेटा कम्पनीको सामाजिक सञ्जाललाई कर तिर, कानुनको दायरामा आऊ भन्दा उसको समेत लगानीमा जेनजीका नाममा नेपालमा विध्वंस मच्चाइएको उनले बताए ।

‘साम्राज्यवादीको जेनजीलाई प्रयोग गरेर नेपाल ध्वस्तबनाउने योजनाअनुसार भदौ २३ र २४ को घटना भयो, राज्यका संरचनासँगै नेपाली लगानीका उद्योग व्यवसायलाई ध्वस्त बनाउने काम भयो।’ उनले भने ।

आन्दोलनको बेला नेपाली सेना लगायतका सुरक्षा संयन्त्रको भूमिका समेत निष्क्रिय रहेको बताउँदै श्रेष्ठले त्यसको पनि छानबिन हुनु पर्ने बताए । सो घटनाको निष्पक्ष छानबिन गरी कमजोरी पत्तालगाएर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

उद्योगी व्यवसायीको क्षेत्रमा आएका समस्या समाधानको लागि प्रयास गर्नपनि उनले नेपाल उद्योग तथा व्यवसायी महासंघलाई आग्रह गरे । महासंघले गरेको कामले अरूलाई पनि प्रभाव पार्न सक्नुपर्नेमा उनले जोड दिए ।

अहिलेको असहज परिस्थिति धेरै समय नरहने बताउँदै उनले अहिले जुन हिसाबले गलत व्याख्या गरिएको छ त्यस्तो स्थिति नभएको बताए । संगठनको पुनर्गठन भनेको व्यक्तिभन्दा पनि संरचना र काम गर्ने शैलीको पुनर्गठन भएको उनले प्रष्ट पारे ।

Logo