रामेछाप

नेपाल कम्युनिस्ट पार्टीले रामेछापमा ९९ रोपनी जग्गा कब्जा गरेको छ । ‘जिल्ला जनपरिषद रामेछाप’ को नामबाट जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम खैरेनीका विभिन्न व्यक्तिको ९९ रोपनी जग्गा कब्जा गरेको हो । "/>

नेकपाले गर्‍यो रामेछापमा ९९ रोपनी जग्गा कब्जा !

नेकपाले गर्‍यो रामेछापमा ९९ रोपनी जग्गा कब्जा !

केन्द्रबिन्दु
0
Shares

रामेछाप

नेपाल कम्युनिस्ट पार्टीले रामेछापमा ९९ रोपनी जग्गा कब्जा गरेको छ । ‘जिल्ला जनपरिषद रामेछाप’ को नामबाट जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम खैरेनीका विभिन्न व्यक्तिको ९९ रोपनी जग्गा कब्जा गरेको हो । नेकपाले ‘नेकपा (माओवादी)’ नामको ब्यानर टाँगेर जग्गा कब्जा गरेको घोषणा गरेको छ ।

दोरम्बा गाउँपालिका–२ का चण्डिलाल तामाङ, खाँडादेवी गाउँपालिका–१ का मानबहादुर तामाङ, सिंहबहादुर लामा, गणेश बहादुर तामाङ, खाँडादेवी गाउँपालिका–२ का तेजबहादुर तामाङ र रोजबहादुर तामाङको जग्गा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कब्जा गरेको हो । ०३९ सालमा जग्गा नापीका क्रममा मालपोतका कर्मचारीलाई घुस खुवाई सर्वसाधारणको जग्गा हडपेको आरोपमा नेकपाले जग्गा कब्जा गरेको हो । जग्गामा नेकपाको झण्डा गाडेर कब्जा गरेको बताएको छ ।

नेकपाले जग्गा आइतबार रातिबाट कब्जामा लिएको जनाएको छ । जग्गा सर्वसाधारणलाई पनि दिने भन्दै सुरुमा पैसा असुलेको तर हालसम्म पैसा तिर्ने नागरिकलाई जग्गा पनि नदिएको तथा पैसा पनि फिर्ता नगरेकाले सो कार्य ‘जनविरोधी गतिविधि’ भएको नेकपाको ठहर छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo