काठमाडौं । नेपाल वायु सेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी उपमहानिर्देशक जनकराज कालाखेतीले पाएका छन्।
खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्ने गरी जिम्मेवारी पाएका हुन् ।
खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज समिति गठनको गरेकी हुन् । उक्त समितीमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्य रहेका छन भने मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्ने गरी जिम्मेवारी तोकिएको छ ।
समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्नेछ।
यसैगरी निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईलाई तोकेको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।































प्रतिक्रिया