बिप्लब नेतृत्वको ‘कम्युनिष्ट पार्टी नेपाल’ फुटको संघारमा

बिप्लब नेतृत्वको ‘कम्युनिष्ट पार्टी नेपाल’ फुटको संघारमा

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । नेत्रबिक्रम चन्द नेतृत्वको ‘कम्युनिष्ट पार्टी नेपाल’ फूटको संघारमा पुगेको छ । माओवादी केन्द्रसँगको एकताको बहस चलिरहेका बेला बिप्लब नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल फूटको संघारमा पुगेको हो ।

कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य चिरन पुनको नेतृत्वमा ७५ जना केन्द्रिय सदस्यले पार्टी फुटाएर नेकपा (माओवादी केन्द्र) संग एकता गर्ने तयारीमा रहेको एक नेताले बताए । उक्त पार्टीका महासचिव बिप्लबले एमालेसॅग एकताको छलफल गरेपश्चात यो बिद्रोह भएको अर्का एक केन्द्रीय सदस्यले बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता राम्रसाद सापकोटा दीपशिखाले पनि अध्यक्ष प्रचण्डको नेतृत्वमा बृहत बाम ध्रुविकरणलाई सफल पारौँ भन्दै सामाजिक सञ्जालमा बिप्लब नेतृत्वको नेकपा फूटाएर माओवादी केन्द्र सँग एकता गर्ने कुरा भएको उल्लेख गरेका छन् । उनले आफ्नो फेशबुक स्टाटसमा भनेका छन्
”फुट्यो बिप्लब नेकपा । कमरेड चिरन पुनको नेतृत्वमा ७५ जना केन्द्रिय सदस्यले पार्टी फुटाएर माओवादीसॅग एकता गर्ने । महासचिब बिप्लबले एमालेसॅग एकताको छलफल गरेपष्चात यो बिद्रोह भएको हो ।
-एकिकृत समाजवादी एकताको अन्तिम तयारीमा ।
-महेन्द्र राय यादव एकताको अन्तिम तयारीमा ।
-गोपाल किराति माओवादी फर्किदै ।”

बिप्लब नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल निर्वाचन आयोगमा केही दिन अगाडी दर्ताका लागि निवेदन दिन पुगेको थियो । ।

Skip This
Skip This
Logo