एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूका लागि अब रुपन्देहीस्थित देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट सुविधा प्राप्त गर्न सकिने भएको छ।

बैंक र उक्त मेडिकल कलेजबीच हालै सम्पन्न भएको सम्झौतापछि ग्राहकहरूले विभिन्न उपचार सेवामा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले देवदह मेडिकल कलेजमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा छुट सुविधा प्राप्त गर्न सक्नेछन्। यस अन्तर्गत एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्दा छुट लागू हुनेछ। बैंकका ग्राहकहरूले देवदह मेडिकल कलेजमा सेवा लिँदा ओपीडी टिकटमा ५० प्रतिशत, सामान्य बेड चार्जमा २५ प्रतिशत, आईसीयू, एनआईसीयू, पीआईसीयू तथा सीसीयू सेवामा १० प्रतिशत, शल्यक्रिया उपचारमा १५ प्रतिशत, प्रयोगशाला परीक्षणमा १५ प्रतिशत, रेडियोलोजिकल सेवामा (सीटी र एमआरआई बाहेक) १५ प्रतिशत तथा अन्य सेवाहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले विश्वास लिएको छ कि यस सहकार्यबाट ग्राहकहरूलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष राहत प्राप्त हुने मात्र नभई मुलुकमा डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई समेत थप प्रोत्साहन मिल्नेछ। यसले नगदरहित कारोबारको प्रवर्द्धन र आधुनिक वित्तीय सेवाको पहुँच विस्तारमा सहयोग पुर्‍याउने बैंकको भनाइ छ।

Skip This
Skip This
Logo