काठमाडौँ
मुद्दा फैसलाका लागि आफैँले तोकेको लक्ष्यमा सर्वोच्च अदालत असफल भएको छ । आर्थिक वर्ष ०६१,६२ देखि ०६५, ६६ सम्म पहिलो रणनीतिक योजना लागू गर्दै ६० प्रतिशत मुद्दा फस्र्योट गर्ने लक्ष्य लिएको थियो । तर करिब ३२ प्रतिशत भन्दा बढी मुद्दा फैसला हुन सकेको छैन । गुणात्मक कि संख्यात्मक काम भन्ने विषयमा सर्वोच्च आफैँ अलमलमा छ ।
सबै अदालतमा समग्रमा २ लाख ५१ हजार ७ सय २६ मुद्दा दर्ता भए पनि १ लाख ५५ हजार ९ सय ८४ (६१.९७) प्रतिशत मुद्दा फस्र्योट भएको छ ।
सर्वोच्चको तथ्यांक अनुसार १७ हजार ९२ पुनरावेदन रिट मध्ये १३ हजार २ सय २७ रिट निवेदन मात्रै फस्र्योट भएको छ । सर्वोच्चमा रिट निवेदन मात्र ५ हजार १ सय ७७ वटा परेकोमा ३ हजार ४ सय ५१ फस्र्योट हुन बाँकी छ । संवैधानिक इजलासबाट हेरिने मुद्दा र रिट १ सय ९८ वटा परेकोमा कुनै पनि फस्र्योट भएको छैन ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया