योगेश भट्टराईले अघि सारे एकीकृत समाजवादीका नेताहरूसँग एकताका चार आधार

योगेश भट्टराईले अघि सारे एकीकृत समाजवादीका नेताहरूसँग एकताका चार आधार

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी निर्माणमा योगदान गरेका नेताहरूलाई पुन: एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) भित्रका असन्तुष्ट नेता तथा कार्यकर्ताहरूलाई पुनः पार्टी आन्दोलनमा समाहित हुन आह्वान गर्दै शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा’ विश्वास गर्नेहरूको एउटा केन्द्र एमाले नै बन्नुपर्ने बताएका हुन् । उनका अनुसार, नेकपा एमाले निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्व मार्फत सुदृढ र एकताबद्ध बन्न सक्नेछ।

एकताको आधार

-जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने ।
-पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने ।
-२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गंभीर र बस्तुनिष्ठ समिक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने ।
-नेकपा एमालेको नेतृत्वमा आर्थिक/ सामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने ।

Skip This
Skip This
Logo