सञ्चारकर्मी प्रवेश अधिकारीको पहिलो उपन्यास ‘आधा आकाश’ बजारमा आएको छ । ‘आधा आकाश’को शनिबार एक विशेष कार्यक्रमबीच लोकार्पण गरियो ।
सोसाईटी मिडियाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. तुलसी भट्टराई, वरिष्ठ साहित्यका डा. बेञ्जु शर्मा, कवि विप्लव प्रतीक, साहित्यका वियोगी बुढाथोकी, पत्रकार नकुल अर्याल लगायतले उपन्यासको संयुक्त विमोचन गरेका थिए । चितवनमा लामो समय रेडियो प्रस्तोताको रुपमा काम गरी अध्ययनका लागि बेलायत पुगेका लेखक अधिकारीले उपन्यासमा विद्यार्थी भिसामा बेलायत पुगेका युवा युवतीको भोगाई र प्रेमकथा समेटिएको बताए ।
प्रमुख अतिथि एवं वरिष्ठ साहित्यका डा. तुल्सी भट्टराईले उपन्यासहरुको भिडमा बेग्लै शैली र कथालाई ‘आधा आकाश’ ले प्रस्तुत गरेको बताए । ‘नेपाली उपन्यास लेखनमा दार्शनिक प्रयोग पनि भएको छ । युवा पुस्ताले आधा आकाश पढ्नैपर्छ , अरुले छुटाउनुहुन्न ।’, भट्टराईले भने ।
साहित्यका डा. बेञ्जु शर्माले उपन्यासमा रहेका पात्रले पाठकलाई प्रेमानुभूति गराउने भन्दै उपन्यास क्षेत्रमा ‘आधा आकाश’ सशक्त कृतिको रुपमा रहेको बताए । कवि विप्लव प्रतीकले ‘आधा आकाश’ ले नयाँ र पुराना सबैखाले पाठकलाई न्याय गर्ने भन्दै युवा पाठकका लागि ‘आधा आकाश’ पठनीय हुने बताउनुभयो । साहित्यकार वियोगी बुढाथोकीले ‘आधा आकाश’ का लेखकबाट यस्तै सशक्त कृतिको अपेक्षा गरेको भन्दै पाठकका लागि उत्कृष्ट उपन्यास बजारमा प्रवेश गरेको बताए ।
सोसाईटी मिडियाका अध्यक्ष नकुल अर्यालले कृतिले सञ्चारकर्मीका रुपमा रहेका लेखकको परिचय मात्रै नभई उपन्यासको चालु बजारको गति पनि बदली दिने बताए ।































प्रतिक्रिया