रोनाल्डोको इन्जुरी टाइम पेनाल्टीमा अल नासरको रोमाञ्चक जित

रोनाल्डोको इन्जुरी टाइम पेनाल्टीमा अल नासरको रोमाञ्चक जित

केन्द्रबिन्दु
81
Shares

काठमाडाैं । साउदी प्रो लिगमा अल नासरले आफ्नाे दबदबा कायमै राखेकाे छ ।

गएराति भएकाे खेलमा अल फहियालाई २-१ ले हराउँदै अल नासरले महत्त्वपूर्ण तीन अंक जोडेको हाे । अल नासरका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो निर्णायक बन्दै दुवै गोल गरे। खेलको सुरुमै पछि परेको अल नासरका लागि जित हासिल गर्न इन्जुरी समयसम्म कुर्नुपर्‍यो।

खेलको १३औं मिनेटमै अल फहियाले जेसनको गोलमार्फत अप्रत्याशित अग्रता लिएको थियो।
तर, घरेलु टोली अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ३७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको निर्धारित समय सकिएपछि पनि अल नासरले लगातार दबाब कायम राख्यो। अन्ततः, इन्जुरी समयको अन्तिम मिनेट (९०+१५) मा पेनाल्टी पायो, जसलाई रोनाल्डोले कुनै गल्ती नगरी गोलमा परिणत गरे।

रोनाल्डोको यो गोल नै अल नासरको २-१ को जितका लागि निर्णायक बन्यो।

Skip This
Skip This
Logo