ललितपुर
यहाँका दुई स्थानका कुखुरा फार्ममा बर्डफ्लू भेटिएको छ । बडिखेल ४ स्थित रामप्रसाद पहारीको पोल्ट्री फार्ममा बर्डफ्लू देखिएको हो । त्यसैगरी गोदावरी नगरपालिका २ महादेव डाँडामा रहेको अनु थापाको फार्मका कुखुरामा पनि बर्डफ्लू देखिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख मोगलप्रसाद साहले जानकारी दिए ।
बडिखेलमा बर्डफ्लू भेटिएपछि सबै कुखुरा नस्ट गरिसकिएको साहले बताए । तर नष्ट गरिएका कुखुराको संख्या भने एकीन नभएको सातदोबाटो प्रहरी बृत्तका डीएसपी बिनोद सिलवालले जानकारी दिए । बर्डफ्लू भएको पत्ता लागेपछि कुखुरा नष्ट गर्नका लागि बर्डफ्लू संक्रमित दुईवटै फार्ममा दुईवटा पशुस्वास्थ्यको टोली परिचालित भएको प्रमुख साहले बताए ।
अन्नपूर्णबाट































प्रतिक्रिया