काठमाडौँ
मुलुकको प्रख्यात स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटा वासवारीस्थित न्युरो अस्पतालको आईसियुमा छन् । विगत केही समय देखि पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटा वेलायतस्थित किग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए । उनको स्वास्थ्य उपचार न्युरो अस्पताल मै जारी छ । अस्पतालले शुक्रवार राती जनाए अनुसार हाल डा देवकोटालाई आईसियुमा राखिएको छ ।
देवकोटाको अवस्था स्थिर रहेको र यसबारेमा अस्पतालले केहि बेरमा प्रेस विज्ञप्ती प्रकाशित गर्ने तयारी गरेको बताइएको छ । डा. देवकोटाको परिवारका एक सदस्यले मध्यरातमा देवकोटाको स्वास्थ्यलाई लियर विभिन्न अपवाह फैलिएको र त्यो निराधार भएको बताए ।





























प्रतिक्रिया