सुर्खेत भेरीगंगा नगरपालिका–१२ का वडा अध्यक्ष हरिप्रसाद कँडेल निलम्वनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउने औषधि बिक्री गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेपछि निलम्बित भएका हुन् ।
भेरीगंगा नगरपालिका–१२ को छिन्चु स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष हरिप्रसाद कँडेल र स्वास्थ्य चौकीका इन्चार्ज नेत्रप्रसाद देवकोटाले सरकारले निःशुल्क उपलब्ध गराएका औषधि सेवाग्राहीलाई नदिएर नक्कली विलका आधारमा ५० हजार पाँच सय ८० रुपियाँ भ्रष्ट्राचार गरेको ठहरसहित अख्तियारले जेठ १० गते विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।































प्रतिक्रिया