काठमाडौं

लोकसेवा आयोगले निजामती कर्मचारीहरूको अवकाश उमेर ५८ वर्ष कायमै राख्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय प्रति असन्तुष्टि जनाएको छ । "/>

कर्मचारी अवकाश उमेरको विषयमा सरकारसँग लोकसेवा आयोग असन्तुष्ट

कर्मचारी अवकाश उमेरको विषयमा सरकारसँग लोकसेवा आयोग असन्तुष्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

लोकसेवा आयोगले निजामती कर्मचारीहरूको अवकाश उमेर ५८ वर्ष कायमै राख्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय प्रति असन्तुष्टि जनाएको छ । संघीय मामिला मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदामा कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायमै राखिएको छ ।

हाल मन्त्रालयले सो ऐनको मस्यौदामा सहमतिका लागि कानुन मन्त्रालयमा पठाएको छ । कानुन मन्त्रालयले सहमति दिएमा सहमतिका लागि लोकसेवा आयोगमा पनि पठाउने तयारी भएको संघीय मामिला मन्त्रालयले जनाएको छ । लोकसेवा आयोगले भने यस अघि नै कर्मचारीको अवकाश उमेर ६० वर्ष राख्न सरकारलाई सुझाव दिदै आएको छ ।

लोकसेवा आयोग सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा पनि कर्मचारीको अवकाश उमेर ६० राख्न सुझाव दिइएको छ । दुर्इ वर्षअघि पनि आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा कर्मचारीको अबकाश उमेर ६० राख्न सुझाव दिइएको थियो । नेपाली नागरिकको औसत आयु बढेको कारण देखाउदै ६० वर्ष अवकाश उमेर राख्न आयोगको सुझाव छ । यसैगरी ६० वर्ष अवकाश उमेर राख्दा पेन्सनमा लाग्ने खर्च लगायतका खर्चमा राज्यको व्ययभार कम हुने आयोगको भनार्इ छ ।
नागरिकबाट

Skip This
Skip This
Logo