काठमाडौं

हिजोआज लागूऔषधका कारोबारी र प्रयोगकर्ताहरु दैनिक रुपमा वढीरहेका छन् । विभिन्न बाहानामा यसको प्रयोग वढीरहेकाले समाजमा चुनौती पनि थपिएको छ । "/>

लागुऔषधका प्रयोगकर्ता ११ प्रतिशतले बढ्दै

लागुऔषधका प्रयोगकर्ता ११ प्रतिशतले बढ्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

हिजोआज लागूऔषधका कारोबारी र प्रयोगकर्ताहरु दैनिक रुपमा वढीरहेका छन् । विभिन्न बाहानामा यसको प्रयोग वढीरहेकाले समाजमा चुनौती पनि थपिएको छ । यसैविच गृहमन्त्री राम बहादुर थापाले एक वर्ष भित्र लागुऔषधको प्रयोग र कारोवार आधा घटाउने गरी काम गर्न निर्देशन दिएका छन् । लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशनालय तथा समन्वय समितिको बिहिबारको बैठकमा गृहमन्त्री थापाले समयसीमा बनाएर लागुऔषधको नियन्त्रणको कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, “अहिले लागुऔषधका प्रयोगकर्ता वार्षिक ११ प्रतिशतका दरले बढिरहेको रिपोर्ट आएको छ, हामीले आँट गर्ने हो भने एक वर्षमा त्यसलाई आधा घटाउन सकिन्छ ।”
उनले यो सरकार पाँच वर्ष चल्ने भएकाले सो अवधि भित्र लागुऔषधको प्रयोग र ओसारपसार देश भित्र पूर्णरुपमा निषेध हुने गरी कार्ययोजना बनाउन निर्देशन दिँदै चिकित्सकको सिफारिशविना मनोद्दीपक औषधि बेच्ने स्वास्थ्यसंस्था र औषधि पसललाई इजाजतपत्र रद्द गर्ने सम्मको कानून व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले सातै प्रदेशमा टोली बनाएर एकै पटक लागुपदार्थ सेवीविरुद्ध कारवाही शुरु गरिनु पर्ने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले औषधि पसलको अनुगमनका लागि जनशक्ति अभाव छ भन्दै अब अनुगमनलाई तीव्रता दिइने बताए ।

कार्यक्रममा उपस्थितहरुले लागुऔषध दुव्यसनीको संख्या बढ्नुले समाजमा विभिन्न खालका समस्या निम्ताउँदै गएकाले यसको समाधानका लागि नागरिक समाज, सञ्चारकर्मी र सुरक्षा निकाय गम्भीर हुनुपर्ने सुझाव दिएका थिए । मुलुक संघीय संरचनामा गएको अवस्थामा लागुऔषधको प्रयोग र ओसारपसार रोक्न छुट्टै नीति बनाउन आवश्यक रहेको धारणा पनि उनीहरुले राखे ।

 

Logo