वीरगन्ज

विगत केहि महिना यता नेपालमा अवैध रुपमा विभिन्न गतिविधिहरु हुँदै आइरहेको छ । "/>

३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ

३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

विगत केहि महिना यता नेपालमा अवैध रुपमा विभिन्न गतिविधिहरु हुँदै आइरहेको छ । कहिले सुन तस्करी त कहिले अबैध सामान ओसार पसारका घटना सामान्य जस्तै रहेको अवस्थामा भारतबाट अवैधरुपमा नेपाल भित्रयाइएको ठूलो परिमाणको भारतीय नोटसहित दुईजना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्जको रजत जयन्ती चोकबाट प्रहरीले ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका–६ स्थायी घर भइ हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा बस्दै आएका ३० वर्षीय चित्तरन्जन प्रसाद र भारत बिहारको मोतिहारीका १८ वर्षीय रोहित कुमार केशरी रहेका छन् । चित्तरन्जनको साथबाट भारु दुई हजारको नोट एक हजार तीन सय ९० थान (२७ लाख ८० हजार भारु ) र रोहीतको साथबाट भारु दुई हजारको नोट दुई सय थान (चार लाख भारु ) बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगन्ज आउँदै गरेका दुवैलाई मंगलबार बेलुकी रजतजयन्ती चोकमा चेकजाँच गर्दा उक्त रकम बरामद भएको ढकालले बताए । बरामद भारुको श्रोत बताउन नसकेपछि दुवैलाई नियन्त्रणा लिइएको हो । उनीहरुलाई कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ । नेपाल राष्ट्र बैंकले भारु नोट वितरणमा कडाइ गरेपछि वीरगन्जका मनी चेन्जरहरुले रक्सौलबाट गैरकानुनी रुपमा भारु नोट ल्याएर कारोबार गर्न थालेको प्रहरी श्रोतले जनाएको छ ।
अन्नपूर्णबाट

 

Skip This
Skip This
Logo