नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु

केन्द्रबिन्दु
12
Shares

पाटन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा दिउँसो २ः०० बजेदेखि सुरु भएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायत पदाधिकारी केन्द्रीय सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु र प्रदेश सभापतिहरु सहभागी छन् ।

आजको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत हुनेगरी तयारी भएको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जानकारी दिए। जेनजी आन्दोलनपछिको विकसित परिस्थितिमा असोज २८ गतेदेखि सुरु भएको बैठक असोज ३० र ३१ गते, त्यसपछि कात्तिक १३ र १४ गते सञ्चालन भएको थियोे ।

Skip This
Skip This
Logo