काठमाडौं

राष्ट्रिय मानवअधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानवीन र दोषी माथि कानूनी सजायँको माग गर्दै लामो समय देखि वीर अस्पतालमा उपचाररत गंगामायाको जीवनरक्षा गर्न आग्रह गरेको छ । "/>

गंगामायाको जीवनरक्षा गर्न राष्ट्रिय मानवअधिकार आयोगको सरकारलाई आग्रह

गंगामायाको जीवनरक्षा गर्न राष्ट्रिय मानवअधिकार आयोगको सरकारलाई आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय मानवअधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानवीन र दोषी माथि कानूनी सजायँको माग गर्दै लामो समय देखि वीर अस्पतालमा उपचाररत गंगामायाको जीवनरक्षा गर्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा गंगामायाको स्वास्थ्या अवस्था प्रति संवेदनशील भई जीवनरक्षाका लागि तत्काल आवश्यक पहल गर्न आयोगले सम्बन्धित सबै पक्ष एवं निकायलाई आह्वान गरेको हो ।

छोराको न्यायका लागि जेठ १५ गते देखि पुनःअनशनमा बस्दा र पटक पटकको अनशनका कारण निजको स्वास्थ्यावस्था अत्यन्त कमजोर र नाजुक बन्दै गएको बताइएको छ । सरकार र सम्बन्धित निकाय समेतलाई पटक पटक ध्यानाकर्षण गराउँदा त्यसतर्फ कुनै सुनुवाइ नहुनु तथा न्याय छिटोछरितो र सर्वसुलभ हुनुपर्ने मूल्य मान्यताको परिपालना नहुँदा न्यायिक संयन्त्रप्रतिको जनआस्थामा समेत प्रश्न खडा हुने गरेको आयोगले जनाएको छ ।

पछिल्लो पटक बालकृष्ण ढुंगेललाई सरकारले गणतन्त्र दिवसका दिन आममाफी दिएर रिहाई गरेपछि उनी अनशनमा बसेकी हुन् । उनका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा ४ वर्ष अघि निधन भएपनि अहिले सम्म दाहसंस्कार हुन सकेको छैन । नन्दप्रसादको शव शिक्षण अस्पतालमा राखिएको छ । जनताको सुरक्षा र हक हितमा आफूहरु सक्रिय रहेको बताउने वर्तमान सरकार र यसअघिका कुनै पनि सरकारले उनीहरुका माग सम्बोधन गर्न चासो दिएका छैनन् । द्वन्द्वकालको विषय भएकाले यसको टुंगो सत्य निरुपण तथा मेलमिलाप आयोगले लगाउने बताउँदै आएका नेताहरुले अधिकारी दम्पतिका लागि कुनै न्याय दिन नसक्नुलाई आम नागरिकले भने न्याय नपाइने देशको रुपमा बुझ्न थालेका छन् । अधिकारी परिवारले न्याय कहिले पाउलान् वा नपाउलान् , उनीहरु जस्तै अन्य सयौं परिवारको अवस्थालाई सरकारले कसरी सम्बोधन गर्ला त्यो भने पर्खाइकै विषय भएको छ ।

Skip This
Skip This
Logo