नवलपरासी

ऊर्जा, जलस्रोत तथा सिँचार्इ मन्त्री वर्षमान पुनले आगामी दश वर्ष भित्र मुलुकमा पर्याप्त विद्युत उत्पादन हुने भएकाले खाना पकाउनका लागि वर्षेनी आयात गरिने २४ अर्ब बराबरको एलपी ग्याँसको आयात घटाई बढ्दो व्यापार घाटालाई कम गर्न सकिने बताएका छन् । "/>

एलपी ग्याँसको आयात घटाउन वायोग्याँसको प्रयोग अपरिहार्य : ऊर्जा मन्त्री

एलपी ग्याँसको आयात घटाउन वायोग्याँसको प्रयोग अपरिहार्य : ऊर्जा मन्त्री

केन्द्रबिन्दु
0
Shares

नवलपरासी

ऊर्जा, जलस्रोत तथा सिँचार्इ मन्त्री वर्षमान पुनले आगामी दश वर्ष भित्र मुलुकमा पर्याप्त विद्युत उत्पादन हुने भएकाले खाना पकाउनका लागि वर्षेनी आयात गरिने २४ अर्ब बराबरको एलपी ग्याँसको आयात घटाई बढ्दो व्यापार घाटालाई कम गर्न सकिने बताएका छन् ।

नवलपरासी, रामग्राममा स्थापना गरिएको ठूलो क्षमताको वायोग्याँस प्लान्टको उद्घाटन गर्दै मन्त्री पुनले वर्षमा झण्डै साँढे सात अर्ब रुपैयाँ बराबरको व्यापार घाटालाई कम गर्न आयातीत इन्धन माथिको निर्भरता घटाउनु जरुरी हुने बताए । जलवायु लगानी कोषको सहयोगमा विश्व बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान तथा एन्भिपावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले सो बायोग्यास प्लान्टको स्थापना गरेको हो ।

उनले ठूला क्षमताका वायोग्यास प्लान्टमा निजी क्षेत्रको ठूलो लगानी रहने र उच्च जोखिम पनि हुने हुँदा यसलाई कम गर्न सरकारले पनि सहयोग गर्न नीतिगत व्यवस्था गरिने बताए । कार्यक्रममा प्रदेश नं ५ का भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले फोहरबाट ग्याँस निकाल्न सकिने ठूला आकारका वायोग्यास प्लान्ट स्थापनामा प्रदेश सरकारले पनि सहयोग गर्ने उल्लेख गरे ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले नगरपालिकाहरुमा बढ्दो फोहोरको समस्या समाधान गर्न यसखालका ठूला क्षमताका बायोग्याँस प्लान्ट राख्न सकिए ऊर्जा र वातावरणमा सहयोग पुग्ने बताउँदै देशका विभिन्न ३७ वटा नगरपालिकाले व्यावसायिक ठूला क्षमताका बायोग्यास प्लान्ट गर्न केन्द्रले समझदारी गरिसकेको जानकारी दिए ।
रासस

Skip This
Skip This
Logo