ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं

साहित्यकार शान्ति शर्माको पहिलो साहित्यिक कृति अम्लान फूल बजारमा आएको छ । "/>

शान्तिको गजल संग्रह अम्लान फूल

शान्तिको गजल संग्रह अम्लान फूल

केन्द्रबिन्दु
0
Shares

ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं

साहित्यकार शान्ति शर्माको पहिलो साहित्यिक कृति अम्लान फूल बजारमा आएको छ । निकै मर्मस्पर्शी भावहरु समेटिएको यस कृति गजल संग्रहका रुपमा बजारमा आएको हो । हालै बजारमा आएको अम्लान फूल भित्र ६० वटा गजलहरु समावेश गरिएका छन् । समाजमा हुने गरेका यथार्थता, आफैंले भोगेका अनुभव तथा प्रेमपरक भावहरुलाई शर्माले निकै रोचक पारामा गजलको रुपमा प्रस्तुत गरिएको अम्लान फूल आकारका हिसाबले धेरै सानो भए पनि भावका हिसाबले निकै गहन र ठूलो रहेको छ ।

दिनभन्दा किन प्यारो रात लागेको ?
टहटह जूनेलीको मात लागेको
पारिजातलाई सुस्त भन्यो जूनले
सहिदिन्छु बरु तिम्रो बात लागेको

उनका गजलहरु गितीलयमा लेखिएका छन् । सरल भाषाशैलीमा सजिलै बुझ्न सकिने शब्दहरु भएकाले अम्लान फूलले पाठकहरुको मन सजिलै जित्न सक्छ । उत्कृष्ट कृति भएकैले हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले यसवर्ष गजल श्री पुरस्कार तथा सम्मान गजलकार शान्ति शर्माको गजलसङ्ग्रह ‘अम्लान फूल’लाई दिने निर्णय गरेको छ । गजल प्रेमी साहित्यिक मनहरुलाई अम्लान फूलले पक्कै आनन्दित बनाउने छ ।

तिमीसँग आँखा जुधे तीर लाग्यो मलाई
जब तिम्रा आँखा झुके पीर लाग्यो मलाई ।

मित्रलाल शर्मा स्मृति पुस्तकालय , सोलुखुम्बुले बजारमा ल्याएको प्रस्तुत गजल संग्रहलाई बजारमा १९९ मा किन्न पाइने छ ।

 

Logo