राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपछि आज स्वदेश फर्केका छन् ।
नयाँ दिल्लीस्थित मेदान्त अस्पताल उपचार गरेर राष्ट्रकवि घिमिरे स्वदेश फर्केका हुन् । राष्ट्रकवि घिमिरलाई सानो आन्द्राको रक्तस्राव नरोकिएपछि उपचारका लागि गत जेठ ९ गते नयाँ दिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो। उनको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार एकाइ (हाइकेयर युनिट)बाट क्याविनमा सारिएको थियो।
नयाँ दिल्ली जानुअघि उनलाई बैसाख २८ गते धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो। मेदान्त अस्पतालका चिकित्सक डा. रणवीर सुदको टोली उनको उपचारमा संलग्न थियो । करीब चार महिनादेखि अस्वस्थ ९९ वर्षीय घिमिरेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने घोषणा गरेको छ।































प्रतिक्रिया