प्रदेश नं.१ मा ७४० डिस्चार्ज, ५६ जना सङ्क्रमित थपिए

प्रदेश नं.१ मा ७४० डिस्चार्ज, ५६ जना सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २० महिला र ३६ पुरुष गरी ५६ जना मात्र कोराना सङ्क्रमित भएका छन् । सो अवधिमा १७६ जनाको मात्र पिसिआर परीक्षण भएको हो ।

सोही अवधिमा प्रदेशमा ७४० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्ममा कूल १८ हजार ८६८ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्ममा कूल एक लाख ७९ हजार २६९ जनाको पिसिआर परीक्षण भइसकेको छ भने आज डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट ७३४ जना रहेको मन्त्रालयले जनाएको छ ।रासस

Skip This
Skip This
Logo