लमजुङ

लमजुङको क्व्होलासोथर गाउँपालिका ८ घाम्राङका बिनबहादुर गुरुङले गाउँपारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँलेहरू कान ठाडो बनाउँदै उनलाई सुन्न थाल्छन् । "/>

गाउँघरमा खबर पुर्‍याउन अझैपनि कटुवालकै भर

गाउँघरमा खबर पुर्‍याउन अझैपनि कटुवालकै भर

केन्द्रबिन्दु
0
Shares

लमजुङ

लमजुङको क्व्होलासोथर गाउँपालिका ८ घाम्राङका बिनबहादुर गुरुङले गाउँपारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँलेहरू कान ठाडो बनाउँदै उनलाई सुन्न थाल्छन् । चौतारीको डिलबाट उनी गाउँमा भैपरी आएका नयाँ सुचना वा खबर सुनाउँछन् । उनी गाउँलेलाई खबर सुनाउने मान्छे अर्थात् कटुवाल ।

गाउँका बासिन्दालाई सामुहिकरुपमा खबर गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको व्यवस्था रहेको छ । गाउँमा भइरहने भेला, बैठक वा कार्यक्रम, विवाह, पुटपुटे जस्ता शुभकार्यमा स्थानीयबासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् ।

गाउँको रितिस्थिति अनुसार असिना बार्ने, विउ बार्ने देखि विकास निर्माणका काममा सामुहिक काम गराउन, खानेपानीको मर्मतसम्हार, सामुदायिक बनको गोडमेल, दाउरा काट्ने, दुःख–बिमारमा सघाउ गर्ने लगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङ बताउँछन् । गाउँभरीको खबर गर्ने आधिकारीक व्यक्ति नै गाउँको कटुवाल भएको उनले बताए । वडा कार्यालयबाट गर्ने कार्यक्रम देखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको हुने गुरुङले बताए ।

वर्षौं पहिलेदेखि कटुवालको चलन चल्दै आएको र आफुले ३ वर्षअघि सो जिम्मेवारी सम्हालेको बिनबहादुरले बताउँछन् । घाम्राङगाउँ मात्रै नभई आसपासका घिचे, साल्मे, घाम्राङबेसी लगायतका गाउँमा पनि उनले नै खबर पुर्‍याउने गर्दछन् । ‘गाउँमा जे जस्तो खबर गर्नु परेपनि मै दौडिने हो,’ गुरुङले भने, ‘गाउँमा पुगेर कतै चौतारोमा, कतै अलि अग्लो थुम्कोमा बसेर उर्दी गरेपछि सबैले थाहा पाइहाल्छ ।’ गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी गर्न पाउँदा आफुलाई सन्तोष नै लागेको उनको भनाई छ ।

कटुवाल कराए बापत उनले गाउँलेहरूबाट सामुहिकरुपमा वार्षीक ४ मुरी धान, १ मुरी कोदो पाउँछन् । वर्षेनी गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन रहेको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo