काठमाडौँ
मुलुकमा सडक दुर्घटनाको अवस्था कहालीलाग्दो रहेको सरकारी तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार वर्षेनी सडक दुर्घटनाबाट औसत २ हजारको ज्यान जाने गरेको छ । आव २०६८,६९ देखि २०७४,७५ को सात वर्षको अवधिमा देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १३ हजार ९ सय ३१ को मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विगत सात वर्षमा देशभरि भएका ६४ हजार १ सय ६८ वटा दुर्घटनामा १३ हजार ९ सय ३१ जनाले अनाहकमा ज्यान गुमाएका छन् ।
चालु आव २०७४,७५ को वैशाख मसान्त सम्म भएका ९ हजार ५० वटा दुर्घटनाबाट मात्रै २०९७ जनाको मृत्यृ भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले चालक तथा अन्य व्यक्तिबाट हुने मानवीय त्रृटि, सडक तथा भौगोलिक दूरावस्थाका कारण दुर्घटना हुने गरेको बताए । गल्ती गर्नेहरूलाई ट्राफिकहरूले पटकपटक कार्वाही गर्दा समेत सवारी चालकहरूले त्यसलाई संवेदनशीलतापूर्वक ग्रहण गर्न नसक्दा समेत दुर्घटना हुने क्रम बढेको उनले बताए । ‘हाम्रो लाइसेन्स वितरण प्रणाली नै त्रुटिपूर्ण छ, यसमा आमूल सुधार नहुँदा सम्म दुर्घटना क्रम बढिरहन्छ’, प्रहरी प्रवक्ता क्षेत्रीले भने ।
गृह मन्त्रालयका विपत व्यवस्थापन महाशाखा प्रमुख सहसचिव केदार न्यौपानेले विभिन्न खाले सडक दुर्घटनाबाट औसतमा वर्षेनी २ हजार व्यक्तिको मृत्यु हुने कहालीलाग्दो अवस्था रहेको बताए । सहसचिव न्यौपानेले सडकको दूरावस्था, सरकारी संयन्त्रको समन्वयको अभाव र चालकको लार्पवाहीका कारण सडक दुर्घटना हुने क्रम बढ्दै गएको जानकारी दिए ।
अन्नपूर्णबाट































प्रतिक्रिया