काठमाडौँ

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि शनिबार (आज) स्वदेश ल्याइँदैछ । "/>

उपचार सफल भएपछि राष्ट्रकवि आज स्वदेश फर्कदैं

उपचार सफल भएपछि राष्ट्रकवि आज स्वदेश फर्कदैं

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि शनिबार (आज) स्वदेश ल्याइँदैछ । नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा स्वस्थ भएपछि उनलाई स्वदेश ल्याउन लागिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् । “भारतमा उपचारमा गराउँदा उनी पूर्ण रुपमा स्वस्थ भएका छन् ”, उनले भनिन्, “त्यसैले अब चिकित्सकको सल्लाहमा उहाँ शनिबार स्वदेश फर्कन थाल्नु भएको हो ।”

उनका अनुसार राष्ट्रकवि शनिबार बिहान १०ः४० बजे नेपाली वायु सेवा निगमको जहाजबाट स्वदेश फर्कंदै छन् । राष्ट्रकवि घिमिरलाई सानो आन्द्राबाट आउने रक्तस्राव नरोकिएपछि उपचारका लागि जेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार एकाइ (हाइकेयर युनिट ) बाट क्याबिनमा सारिएको थियो ।

नयाँदिल्ली जानु अघि उनको वैशाख २८ गते धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको थियो । मेदान्त अस्पतालका चिकित्सक डा रणवीर सुदको टोली उनको उपचारमा संलग्न थियो । करीब चार महिनादेखि अस्वस्थ घिमिरेलाई मेडिसिटी र ग्राण्डी अस्पतालमा उपचार गराइएको थियो । सरकारले ९९ वर्षीय घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने घोषणा गरेको छ ।
रासस

Skip This
Skip This
Logo