नेपाल स्काउटमा लफडा, निर्देशकको नियुक्ति प्रक्रिया रोक्न माग गर्दै धर्ना

नेपाल स्काउटमा लफडा, निर्देशकको नियुक्ति प्रक्रिया रोक्न माग गर्दै धर्ना

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै धर्ना दिएको छ।

शनिबार बिहान कार्यालयभित्र सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता चलिरहेको बेला समितिले कार्यालय परिसरमा भने धर्ना दिएको हो। धर्नाका क्रममा प्रदर्शनकारी र प्रहरीबीच धकलाधकेलसमेत भएको थियो।

शुद्धीकरण समितिका संयोजक देवदुत अधिकारीका अनुसार बहालवाला निर्देशक हुँदाहुँदै नयाँ निर्देशकको लागि भ्याकेन्सी आह्वान गरेपछि धर्ना दिइएको हाे । उनले प्रमुख आयुक्तको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा नयाँ निर्देशक नियुक्त गर्न नमिल्ने तर्कसमेत गरे।

निवर्तमान युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले निर्वाचित प्रमुख आयुक्त महेन्द्रराज रञ्जितलाई हटाएर आफ्नै नाइटिङ्गल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई आयुक्त बनाएको आरोप लगाइएको छ। साथै स्काउटभित्रका विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्य गर्न छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ।

Skip This
Skip This
Logo