२०८२ कार्तिक २३ देखि २९ गतेसम्मको राशिफल ।
ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।
हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
यो हप्ता मेष राशि हुनेहरूका लागि समय निकै शुभ रहनेछ । हप्ताको सुरुवात नै सकारात्मक ऊर्जा र नयाँ अवसरका साथ हुनेछ । नयाँ काम सुरु गर्नका लागि साथीहरू र परिवारजनको सहयोग प्राप्त हुनेछ । पुराना अड्किएका कामहरू विस्तारै अघि बढ्नेछन् र सफलता हात लाग्नेछ।
वक्री गुरुको प्रभावले अचानक धन वा सम्पत्ति लाभको योग बन्न सक्छ। विद्यार्थीहरू पढाइप्रति निकै एकाग्र हुनेछन् र राम्रो नतिजा पाउने सम्भावना बलियो छ। घरको सजावटमा समय र ध्यान दिने मौका मिल्नेछ, साथै बच्चाहरू सँगको समय खुशीमय रहनेछ।
कार्य क्षेत्रमा सुरुमा केही दबाब महसुस भए पनि यही समयमा करियरमा प्रगति गर्ने अवसर पनि आउनेछन्। वरिष्ठ अधिकारीहरूबाट सहयोग र प्रशंसा दुवै प्राप्त हुनेछ।
यदि तपाईंले लामो समयदेखि जग्गा-जमिन वा घरसम्बन्धी किनबेचको योजना बनाइरहनुभएको छ भने यो हप्ता त्यसमा सफलता प्राप्त गर्न सकिने संकेत छन्। व्यापारी वर्गका लागि पनि समय फलदायी रहनेछ — विशेषगरी मार्केटिङ, ट्रेडिङ र सर्भिस सेक्टरमा काम गर्नेहरूलाई मनचाहा लाभ प्राप्त हुनेछ। बजारमा तपाईंको प्रतिष्ठा बढ्नेछ र व्यापार विस्तारका योजना सफल हुनेछन्। यद्यपि, ठूलो लगानी गर्नुअघि अनुभवी व्यक्तिको सल्लाह लिनु बुद्धिमानी हुनेछ।
हप्ताको मध्यतिर परिवारमा धार्मिक र पवित्र माहोल रहनेछ। महिलाहरू पूजा-पाठमा बढी समय दिनेछन्, र केही व्यक्तिहरू तीर्थयात्रा वा मन्दिर दर्शनमा जान सक्छन्। माता-पिताको आशीर्वाद र समर्थनले घरमा शान्ति र सौहार्द कायम हुनेछ।
हप्ताको अन्त्यतिर सन्तानसँग सम्बन्धित कुनै चिन्ता वा समस्या समाधान हुनेछ, जसले मानसिक शान्ति प्रदान गर्नेछ। तर स्वास्थ्यका हिसाबले सावधान रहनु आवश्यक छ — मौसम परिवर्तनका कारण खोकी, रुघाखोकी वा पाचनसम्बन्धी समस्या हुन सक्छ। खानपान र आरामको विशेष ध्यान राख्नुस्, नत्र थकान र सुस्ती महसुस हुन सक्छ।
उपायः प्रत्येक दिन हनुमान चालीसको पाठ गर्नुहाेस्।
वृष राशि
यो हप्ता वृष राशि हुनेहरूका लागि मिश्रित तर फलदायी रहनेछ। सफलता प्राप्त गर्न कडा परिश्रम र व्यवहारिक सोच आवश्यक हुनेछ।
हप्ताको सुरुवातमा कार्यक्षेत्रमा केही दबाब र चुनौती आउन सक्छ। कार्यालयमा अतिरिक्त जिम्मेवारी पर्न सक्छ, जसका कारण थोरै तनाव अनुभव गर्न सकिन्छ। काम टार्ने बानीले समस्या बढाउन सक्छ, त्यसैले समयमै काम पूरा गर्ने बानी बसाल्न आवश्यक छ। वरिष्ठ अधिकारी वा सहकर्मीहरूसँग विवाद नगरी सहयोगात्मक व्यवहार अपनाउनु राम्रो हुनेछ। तपाईंको लगनशीलता र ईमानदारीका कारण बिस्तारै परिस्थिति सुधारिनेछ र उच्च पदस्थ व्यक्तिहरूको प्रशंसा पनि प्राप्त हुनेछ
व्यवसाय गर्नेहरूका लागि हप्ताको पहिलो भाग सामान्य रहनेछ, तर दोस्रो भागमा बजारमा सुधार आउनेछ र बिक्री–व्यवसाय बढ्ने संकेत छन्। नयाँ ग्राहक जोडिने र नयाँ अवसरहरू प्राप्त हुने योग पनि देखिन्छ। लगानी गर्दा सोचविचार गरी मात्र निर्णय लिनुहोस्। ठूलो लगानी गर्नु अघि अनुभवी व्यक्ति वा आर्थिक सल्लाहकारको सल्लाह लिनु बुद्धिमानी हुनेछ।
आर्थिक रूपमा यस हप्ता खर्च आम्दानी भन्दा बढी हुने सम्भावना छ । अनावश्यक खर्चमा नियन्त्रण राख्नुहोस्। बजेट मिलाएर खर्च गर्नुहोस् भने आर्थिक सन्तुलन कायम रहन्छ। आवश्यक परे ऋण लिनुपर्ने अवस्था पनि आउन सक्छ, तर सोचविचार गरेर मात्र निर्णय लिनुहोस्।
प्रेम र पारिवारिक जीवनका हिसाबले हप्ता सामान्य रहनेछ। प्रेम सम्बन्धमा सावधानीपूर्वक अघि बढ्नुपर्छ। कुनै सानो कुरा ठूलो विवादमा परिणत नहोस् भनेर वाणीमा संयम अपनाउनुहोस्। जीवनसाथी वा प्रेमी/प्रेमिकाको भावनाको कदर गर्नुहोस्। पारिवारिक पक्षबाट समर्थन पाइन सक्छ। अविवाहित व्यक्तिहरूका लागि विवाहको कुरा अघि बढ्ने सम्भावना पनि छ।
हप्ताको सुरुवातमा लामो दूरीको यात्रा वा कुनै महत्वपूर्ण बैठकको सम्भावना छ, जसले अड्किएका कामहरू पूरा गर्न मद्दत पुर्याउनेछ। यात्रा सफल र लाभदायी रहनेछ।
विद्यार्थीहरूका लागि यो हप्ता उत्साहजनक रहनेछ । पढाइमा ध्यान केन्द्रित हुनेछ, नयाँ विषय वा कोर्समा रुचि बढ्नेछ। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूका लागि पनि समय राम्रो रहने संकेत छन्। स्वास्थ्यका दृष्टिले यो हप्ता सामान्य रहनेछ तर थकान, कमजोरी वा मानसिक तनावको असर देखिन सक्छ।
उपाय- “ॐ शं शनैश्चराय नमः” मन्त्रको १०८ पटक जप गर्नाले मन शान्त रहन्छ र आर्थिक स्थिरता प्राप्त हुन्छ।
मिथुन राशि
यो हप्ता मिथुन राशि हुनेहरूका लागि सप्ताहको सुरुवात अत्यन्तै सुखद् रहनेछ। तपाईंको बोली र व्यवहारले सबैलाई प्रभावित पार्नेछ र वरिपरिका मानिसहरू तपाईंको प्रशंसा गर्नेछन्। पुरुष जातकहरूमा आकर्षण बढ्नेछ र युवतीहरू तपाईंप्रति आकर्षित हुन सक्छन्। व्यवसायमा धन लाभको सम्भावना छ, जसले अघिल्ला घाटा पूरा गर्न मद्दत गर्नेछ।
नयाँ अवसरहरू आउनेछन् र तपाईंले बुद्धिमानीपूर्वक निर्णय गर्नुभयो भने राम्रो नाफा कमाउन सकिनेछ। बजारमा अड्किएको पैसा फर्कने योग पनि छ।नोकरीपेशा मानिसहरूका लागि पनि यो हप्ता लाभदायक रहनेछ। कार्यस्थलमा वरिष्ठ र सहकर्मीहरूको सहयोग प्राप्त हुनेछ। तपाईंको लगन र परिश्रमको प्रशंसा हुनेछ र काममा सुधार आउनेछ। तर अत्यधिक आत्मविश्वास नदेखाउनुहोस्, यसले गल्ती हुन सक्छ।प्रेम जीवनमा केही तनाव देखिन सक्छ।
सानो कुरामा वादविवाद वा शंका हुनसक्छ, त्यसैले धैर्य र समझदारी अपनाउनुहोस्। वैवाहिक जीवनमा पनि केही कठिनाइ आउन सक्छ, तर संवादले समस्या हल गर्न सकिन्छ।विद्यार्थीहरूका लागि यो हप्ता राम्रो रहनेछ। पढाइप्रति रुचि बढ्नेछ र नयाँ ज्ञान प्राप्त गर्ने मौका मिल्नेछ।
आर्थिक दृष्टिले स्थिति ठीकठाक रहनेछ। आम्दानी बढ्नेछ तर खर्चमा नियन्त्रण आवश्यक छ। कुनै पैतृक सम्पत्ति प्राप्त हुने सम्भावना पनि छ। स्वास्थ्य पक्षमा सानो समस्या हुन सक्छ। पुराना रोग वा दुखाइ दोहोरिन सक्छन्, त्यसैले सावधानी अपनाउनुहोस्। खानपान र आराममा ध्यान दिनुहोस्।
तीर्थयात्रा वा कुनै धार्मिक कार्यको योजना बन्न सक्छ। पारिवारिक वातावरण सुखद रहनेछ र घरमा सानो–ठूलो शुभकार्यको संकेत छ।
उपाय- भगवान गणेशको पूजा गर्नुहोस् र गणपति अथर्वशीर्ष’को नियमित रूपमा पाठ गर्नुहोस्।
कर्कट राशि
यो हप्ताले मिश्रित परिणाम दिनेछ । केही क्षेत्रमा राम्रो प्रगति हुनेछ भने केही क्षेत्रमा सावधानी अपनाउनुपर्ने आवश्यकता रहनेछ। विशेषगरी महिलाहरूका लागि यो हप्ता परिवर्तनमूलक हुन सक्छ। बुध वक्री भएको कारण निर्णय लिँदा ढिलाइ हुन सक्छ, त्यसैले कुनै पनि महत्वपूर्ण निर्णय सोचविचार गरेर मात्रै गर्नु राम्रो हुन्छ।
कामको क्षेत्रमा तपाईंको मेहनतको कदर हुनेछ। वरिष्ठहरूले तपाईंको कामको प्रशंसा गर्नेछन् र तपाईंको सामाजिक प्रतिष्ठा बढ्नेछ। हप्ताको सुरुमा कामको दबाब बढी हुन सक्छ तर त्यसले तपाईंको उत्साह कम गर्ने छैन। मिडिया, मार्केटिङ र आईटी क्षेत्रमा काम गर्नेहरूका लागि यो हप्ता विशेष लाभदायी हुनेछ। सरकारी वा कानूनी काममा पनि सफलता पाउने योग छ।
आर्थिक रूपमा यो हप्ता स्थिर रहनेछ। आम्दानी नियमित रूपमा आउनेछ र खर्च पनि सन्तुलित रहनेछ। हप्ताको अन्त्यतिर केही खर्च बढ्न सक्छ तर ती राम्रो कार्यहरूमा हुनेछन्। मंगलवार र शनिबारको दिन व्यापारमा राम्रो लाभ मिल्ने संकेत छन्।
कार्यक्षेत्रमा प्रगति गर्ने अवसरहरू आउनेछन्। अधूरा काम पूरा हुनेछन् र लक्ष्यहरूमा ध्यान केन्द्रित गर्न सकिनेछ। वैवाहिक जीवनमा आपसी समझदारी कायम रहनेछ। परिवारसँग समय बिताउँदा मन खुसी रहनेछ र समाजमा तपाईंको प्रतिष्ठा बढ्नेछ।
विद्यार्थीहरूका लागि पनि यो हप्ता राम्रो रहनेछ। पढाइमा मन जानेछ र राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्य सामान्य रूपमा राम्रो रहनेछ, तर मानसिक तनाव वा थकान हुनसक्छ। अनावश्यक विवाद र यात्राबाट टाढा रहनुहोस्। कुनै काममा ढिलाइ भए पनि निराश नहुनुहोस्, परिणाम अन्ततः तपाईंको पक्षमा आउनेछ।
उपाय- हरेक दिन भगवान विष्णुको मन्त्र “ॐ नमो नारायणाय” को जप गर्नु लाभदायी हुनेछ
सिंह राशि
यो हप्ता सिंह राशि हुनेहरूका लागि सौभाग्यशाली र ऊर्जा पूर्ण रहनेछ। तपाईं सकारात्मक सोच र आत्मविश्वासले भरिपूर्ण रहनुहुनेछ। हप्ताको सुरुवातदेखि नै तपाईंमा नयाँ उत्साह र जोश आउनेछ जसले सबै काममा सफलता दिलाउनेछ।विद्यार्थीहरूका लागि यो समय राम्रो रहनेछ।
पढाइमा मन जानेछ र परिणाम पनि सन्तोषजनक आउनेछ। व्यापारमा संलग्न मानिसहरूका लागि नयाँ अवसरहरू देखा पर्नेछन्। आम्दानीका नयाँ स्रोतहरू खुल्ने सम्भावना छ। तपाईंले पहिले दिएको ऋण पनि फिर्ता पाउन सक्नुहुन्छ।वरिष्ठ अधिकारीहरू तपाईंको निर्णय र कामको प्रशंसा गर्नेछन्। पद, प्रतिष्ठा र सम्मानमा वृद्धि हुने योग छ। भाइबहिनी तथा परिवारजनको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा न्यानोपन बढ्नेछ र प्रेमी वा जीवनसाथीसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। वैवाहिक जीवनमा पनि समझदारी र आत्मीयता बढ्नेछ।
कारोबारमा केही प्राविधिक समस्या आउन सक्छन् जसले काममा केही ढिलाइ गर्न सक्छ, तर तपाईंको लगन र समझदारीले त्यसलाई सहजै समाधान गर्न सकिनेछ। साझेदारीमा काम गर्नेहरूले अत्यधिक जोखिम नलिनु राम्रो हुन्छ। सम्पत्ति किनबेचमा सावधानी अपनाउनुहोस्।पितासँग विचारभिन्नता हुनसक्छ, त्यसैले सम्बन्धमा संयम र सम्मान कायम राख्नुहोस्।
परिवारका सदस्यहरूको भावनाको आदर गर्नु आवश्यक छ।नोकरीपेशा मानिसहरूका लागि पनि यो हप्ता शुभ छ। नयाँ जिम्मेवारी पाउन सकिनेछ र तपाईंको कामको सराहना हुनेछ। नयाँ अवसरहरू खोज्दै हुनुहुन्छ भने सफलता प्राप्त हुने संकेत छन्।स्वास्थ्यमा सानो उतार–चढाव हुनसक्छ। खानपानमा ध्यान दिनुहोस् र मौसमी रोगहरूबाट सावधान रहनुहोस्। अत्यधिक तनाव वा थकानबाट बच्न आराम र ध्यान अभ्यास गर्न सकिन्छ।
उपाय- हरेक दिन “आदित्य हृदय स्तोत्र” को पाठ गर्नुहोस्।
कन्या राशि
यो हप्ता कन्या राशि हुनेहरूका लागि राहत र उपलब्धिले भरिएको रहनेछ । अघिल्ला समयका चिन्ता र समस्याहरू अहिले हट्दै जानेछन् र तपाईंका मनोकामना पूरा हुने योग बन्नेछन्। तपाईंको बुद्धि, तर्कशक्ति र व्यवहारिक सोचका कारण कठिन परिस्थितिबाट सहजै निस्कन सकिनेछ। हप्ताको सुरुवात करियरका हिसाबले अत्यन्त शुभ रहनेछ। तपाईं आफ्नो कार्यक्षेत्रमा योग्यता र मेहनतको बलमा पहिचान बनाउन सफल हुनुहुनेछ।
वरिष्ठ र कनिष्ठ दुवैको सहयोग पाइनेछ, जसले काममा गति बढाउनेछ र आत्मविश्वास पनि बढ्नेछ।भूमि वा पैतृक सम्पत्तिसँग सम्बन्धित कुनै विवाद यस हप्तामा प्रभावशाली व्यक्तिको सहयोगले समाधान हुन सक्छ। व्यवसायमा संलग्न व्यक्तिहरूका लागि यो हप्ता नयाँ अवसरहरू ल्याउनेछ। तपाईंले आफ्नो व्यवसाय विस्तार गर्नका लागि कुनै ठूलो निर्णय लिन सक्नुहुन्छ।
ग्रहस्थितिले साथ दिने भएकाले निर्णय अघि शुभचिन्तक वा अनुभवी व्यक्तिको सल्लाह लिनु बुद्धिमानी हुनेछ।हप्ताको बीचतिर लामो दूरीको यात्रा हुनसक्छ, जसले लाभ र आनन्द दुबै दिनेछ। नयाँ स्थान वा नयाँ सम्बन्धबाट राम्रो अवसर पनि आउन सक्छ।
पढाइ गरिरहेका विद्यार्थीहरूका लागि यो समय शुभ रहनेछ। व्यावसायिक अध्ययन गर्दै रहेका विद्यार्थीलाई रोजगारीका अवसर प्राप्त हुने सम्भावना छ। घरका साना सदस्यलाई पनि करियरमा ठूलो सफलता मिल्ने योग छ।
प्रेम सम्बन्धमा न्यानोपन र समझदारी रहनेछ। वैवाहिक जीवन मधुर र सन्तुलित रहनेछ। नयाँ व्यापार सुरु गर्न चाहनेहरूका लागि पनि यो समय अनुकूल छ।
तर हप्ताको मध्यतिर थोरै सावधानी अपनाउनु आवश्यक छ। कुनै आर्थिक घाटा वा अनावश्यक खर्च हुनसक्छ। बोलीमा कठोरता नदेखाउनुहोस्, किनभने यसले आफ्ना नजिकका मानिसहरूलाई दुख पुर्याउन सक्छ। भावनामा आएर निर्णय नगर्नुहोस् र विश्वासिला सहयोगीहरूमाथि शंका नगर्नुहोस्।तपाईंको जीवनशैली सन्तुलित र व्यवस्थित रहनेछ, जसले मानसिक शान्ति र स्थिरता प्रदान गर्नेछ।
उपाय- हरेक दिन “गणपति अथर्वशीर्ष”को श्रद्धापूर्वक पाठ गर्नुहोस्।
तुला राशि
यो हप्ता तुला राशि हुनेहरूका लागि अत्यन्त शुभ र सफलतापूर्ण रहनेछ । हप्ताको सुरुवातमै तपाईंलाई करियर वा व्यापारसँग सम्बन्धित राम्रो समाचार प्राप्त हुने सम्भावना छ। लामो समयदेखि रोजगार वा नयाँ अवसरको खोजीमा रहेका मानिसहरूका लागि पनि यो हप्ता मनोकामना पूरा हुने समय हुनेछ।
नोकरीपेशा व्यक्तिहरूका लागि उन्नति र प्रशंसा प्राप्त गर्ने अवसर आउनेछ। तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ र बढुवा वा तलब वृद्धि हुने संकेत छन्। व्यापार गर्नेहरूका लागि पनि नयाँ सम्झौता वा लाभदायी डिल हुने सम्भावना छ। सरकारी योजनाबाट लाभ पाउने योग पनि छ।
हप्ताको बीचतिर तपाईं कुनै विशेष व्यक्तिसँग महत्वपूर्ण विषयमा छलफल गर्न सक्नुहुन्छ। परिवारमा शुभ समाचार प्राप्त हुने सम्भावना छ। अविवाहितहरूका लागि विवाह प्रस्ताव आउने शुभ योग बनेको छ।धार्मिक र सामाजिक कार्यहरूमा सहभागिता बढ्नेछ। तपाईं आफ्नो समयको राम्रो सदुपयोग गर्नुहुनेछ र मित्रहरूको सहयोग पनि पाउनुहुनेछ।
घर–परिवारमा मिलनसार र सुखद वातावरण रहनेछ। भौतिक सुख–सुविधा र विलासितामा धन खर्च हुने देखिन्छ।प्रेम जीवनमा सानो तनाव आउन सक्छ। तपाईंको पार्टनरको गुस्सिलो स्वभावका कारण मनमुटाव हुनसक्छ, त्यसैले संयम र समझदारी अपनाउनुहोस्। गृहस्थ जीवनमा पनि विवाद टार्न शान्त र मीठो भाषाको प्रयोग गर्नुहोस्।
विद्यार्थीहरूका लागि यो हप्ता सिकाइ र प्रगति ल्याउनेछ। नयाँ विषयमा रुचि बढ्नेछ, तर ध्यान केन्द्रित राख्न जरुरी छ।आर्थिक दृष्टिले पनि यो हप्ता सुधार ल्याउनेछ। पुराना आर्थिक समस्या समाधान हुनेछन् र नयाँ आम्दानीका स्रोत खुल्नेछ। शेयर बजार वा लगानी सम्बन्धी सोचाइका लागि पनि अनुकूल समय छ।
स्वास्थ्यमा सानो कमजोरी हुनसक्छ। शरीरमा ऊर्जा रहनेछ तर मानसिक तनाव वा सानो रोगले असजिलो पार्न सक्छ। आराम र पौष्टिक खानपानमा ध्यान दिनुहोस्।
उपाय- हरेक दिन रुद्राष्टकम्को श्रद्धापूर्वक पाठ गर्नुहोस्। यसले मानसिक शान्ति, आत्मविश्वास र सफलता प्रदान गर्नेछ।
वृश्चिक राशि
यो हप्ता वृश्चिक राशि हुनेहरूले छोटो लाभमा लामो घाटा बेहोर्न नपरोस् भन्ने कुरा ध्यान दिनु आवश्यक छ। तपाईंलाई गलत वा छोटो बाटोबाट लाभ कमाउने प्रयत्न गर्न उक्साउने मानिसहरूसँग दूरी राख्नुपर्छ। नियम र कानूनको उल्लंघन नगर्नुहोस् र काममा लापरवाही नगर्नुहोस्, नत्र हानि र अपमान दुवै भोग्नुपर्ने हुन सक्छ।
नोकरीपेशा व्यक्तिहरूले हप्ताको सुरुमा लामो दूरीको यात्रा गर्नु पर्न सक्छ। यस क्रममा कार्यभार बढ्नेछ। व्यवसायसँग सम्बन्धित व्यक्तिहरूका लागि यो हप्ता केही चुनौतीपूर्ण रहन सक्छ। प्रतियोगिता कडा रहनेछ। यदि व्यवसाय विस्तार वा परिवर्तनको योजना छ भने सही समय पर्खनु उपयुक्त हुन्छ। पार्टनरशिपमा व्यापार गर्नेहरूले धनको लेनदेन र हिसाबकिताबमा सावधानी अपनाउनुपर्छ।
यो हप्ता करियरका लागि अत्यन्त शुभ रहनेछ। सम्बन्धीबाट शुभ समाचार प्राप्त हुनेछन्। विशेष व्यक्तिसँग महत्वपूर्ण छलफल हुनेछ। अविवाहितहरूलाई विवाहको उत्तम प्रस्ताव मिल्ने योग छ। धार्मिक कार्यहरूमा सहभागिता रहनेछ। कार्यक्षेत्रमा पुरस्कार वा मान्यता प्राप्त हुन सक्छ। तपाईंले समयको सदुपयोग गर्नुहुनेछ र मित्रहरूको सहयोग पाइनेछ।पारिवारिक जीवन सौहार्दपूर्ण रहनेछ।
भौतिक सुख–सुविधामा खर्च गर्ने अवसर पनि मिल्नेछ। तर अचानक ठूलो खर्च आउने हुँदा बजेट असन्तुलित हुन सक्छ। स्वास्थ्यमा सानो समस्या देखिन सक्छ। यस समयमा खानपान र दिनचर्यामा विशेष ध्यान दिनुहोस्।सावधानीपूर्वक निर्णय लिनुहोस् र सम्बन्धप्रति ईमानदार र विश्वसनीय रहनुहोस्। कठिन समयमा जीवनसाथी तपाईंको साथ दिनेछ।
उपाय- प्रत्येक दिन हनुमानजीको पूजा गर्नुहोस् र हनुमान चालीसा पाठ गर्नुहोस्।
धनु राशि
यो हप्ता धनु राशि हुनेहरूका लागि अत्यन्त शुभ र सफलतापूर्ण रहनेछ। हप्ताको सुरुवात शुभ समाचार प्राप्तिले हुनेछ। यस समयमा तपाईंको करियर र व्यापारमा मनचाहे प्रगति देखिनेछ। समय र ऊर्जा सदुपयोग गर्नुभयो भने यो हप्ता तपाईंका लागि सफलताको पंख बन्न सक्छ।
तपाईंले गरेका कामहरूबाट अनुकूल परिणाम प्राप्त हुनेछ। हप्ताको सुरुवातमा इष्टमित्रको सहयोगले अट्केका काम पूरा हुनेछन्। जीवनका बाधाहरू हट्नेछन् र योजनाहरू समयमै सम्पन्न हुनेछन्। यस समयमा सत्ता, सरकार र नजिकका मित्रहरूको सहयोग पनि प्राप्त हुने सम्भावना छ।
प्रेम जीवनमा सानो विवाद वा झगडाबाट टाढा रहनुहोस्। गृहस्थ जीवनमा पूरा प्रेम र समझदारी रहनेछ। आर्थिक मामिलामा सानो समस्या आउन सक्छ, त्यसैले खर्च र खाताबहीमा सावधानी अपनाउनुहोस्। व्यवसाय गर्नेहरूका प्रयास सफल हुनेछन् र नयाँ योजना लाभदायी हुनेछन्।
नोकरीपेशा व्यक्तिहरूले छिटो निर्णय नगर्नु राम्रो हुन्छ। नयाँ पदोन्नति वा रोजगार अवसर मिल्ने योग छ। विद्यार्थीहरूले पढाइमा ध्यान केन्द्रित गर्नु जरुरी छ। घुमघाममा धेरै ध्यान नदिनुहोस्। स्वास्थ्यमा प्रतिरोधात्मक क्षमता केही कमजोर रहन सक्छ, त्यसैले खानपानमा विशेष ध्यान दिनुहोस्। हप्ताको पहिलो दिन तपाईं उल्लासपूर्ण र उत्साहित रहनेछ। कार्यक्षेत्रमा प्रगतिको अवसर मिल्नेछ।
गुरुवारको दिन धार्मिक स्थलको यात्रा लाभदायी रहनेछ। जीवनसाथीको व्यवहार मनपर्ने हुनेछ। व्यापारमा नयाँ लगानीकर्ता वा साझेदार भेट्ने सम्भावना छ ।।घरमा कुनै उत्सव वा विशेष कार्यक्रम हुन सक्छ। हप्ताको अन्त्यतिर रोकिएका योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न सकिनेछ।
उपाय- हरेक दिन भगवान श्री विष्णुको पूजा गर्नुहोस्
मकर राशि
यो हप्ता मकर राशिका जातकहरूका लागि शुभता र सौभाग्य लिएर आउनेछ। अघिल्लो हप्ताको तुलना गर्दा यो हप्ता तपाईंका लागि धेरै राम्रो रहनेछ। घर र बाहिर दुबै ठाउँमा नजिकका मानिस र शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ।आर्थिक पक्षमा यो हप्ता फाइदाजनक रहनेछ। नोकरीपेशा भएमा आयमा वृद्धि हुनेछ र अतिरिक्त आम्दानीका स्रोत खुल्नेछन्। संचित धनमा वृद्धि हुनेछ।
व्यवसायीका लागि लाभदायी योजना वा अवसर प्राप्त हुने योग छ।तपाईं यस हप्तामा आफ्ना उपक्रमलाई छिटो अघि बढाउन सफल हुनुहुनेछ। व्यक्तिगत र व्यावसायिक जीवनमा महत्त्वपूर्ण परिवर्तन देखिनेछ। सत्ता वा प्रभावशाली व्यक्तिको सहयोगले ठूलो लाभ प्राप्त हुने सम्भावना छ। पद–प्रतिष्ठा बढ्नेछ। हप्ताको मध्यतिर सन्तानसँग सम्बन्धित शुभ समाचारले खुशी दिनेछ। स्वास्थ्य र सम्बन्ध दुवै दृष्टिले समय अनुकूल रहनेछ।
हप्ताको मध्यतिर तपाईं कुनै प्रिय व्यक्तिसँग भेट गर्न सक्नुहुन्छ। पुराना सम्बन्ध प्रगाढ हुनेछन्। प्रेम सम्बन्ध बलियो रहनेछ र अविवाहितका लागि ड्रीम पार्टनरको आगमन हुनसक्छ। वैवाहिक जीवन सामान्य तर सुखद रहनेछ। हप्ताको उत्तरतिर धार्मिक–सामाजिक कार्यमा व्यस्तता रहन सक्छ।
यो हप्ता खुशी र संतोष ल्याउनेछ। प्रेम जीवनमा समझदारी र साथ रहनेछ। वैवाहिक जीवनमा सुख–समृद्धि वृद्धि हुनेछ। कुनै अतिथि आगमन हुन सक्छ। आर्थिक मामिलामा सावधानी अपनाउनुहोस्। खर्च नियन्त्रणमा राख्नुपर्छ र आम्दानीको ख्याल गर्नुहोस्।
व्यापार वा काममा मेहनत बढी लाग्नेछ। नयाँ प्रोजेक्ट हात लाग्न सक्छ। वरिष्ठहरूले पूरा सहयोग गर्नेछन्। नोकरीमा छिटो निर्णय नगर्नुहोस्। प्रमोशनको योग पनि छ। विद्यार्थीहरूले पढाइका समस्या समाधान गर्न ध्यान दिनुहोस्। स्वास्थ्यमा सानो समस्या आउनसक्छ। यदि शुगर वा बीपीको समस्या छ भने डाक्टरको सल्लाह अनुसार उपचार गर्नुहोस्।
उपाय- हरेक दिन पंक्षीहरूलाई दाना दिनुहोस्।
कुम्भ राशि
यो हप्ता कुम्भ राशिका जातकहरूका लागि मेहनत र सक्रियताको हप्ता रहनेछ। प्रेम जीवनमा सम्बन्ध सुधार गर्न आवश्यक हुनेछ। पार्टनरको कुरा ध्यानपूर्वक सुन्नुहोस् र समझदारी देखाउनुहोस्। वैवाहिक जीवन सन्तोषजनक रहनेछ। व्यापार पनि राम्रो चल्नेछ।तर आर्थिक पक्षमा यो हप्ता केही कमजोर रहनेछ। लगानी गर्नुअघि परिवारजनको सल्लाह लिनुहोस्। शेयर बजारमा लगानी गर्नेहरू सावधान रहनुहोस्।
कुनै पनि काममा छिटो निर्णय नगर्नुहोस्। व्यवसायमा धन सोच–विचार गरेर लगाउनुहोस्। विद्यार्थीहरूले पढाइमा पूर्ण ध्यान दिनु आवश्यक छ। स्वास्थ्यमा ध्यान दिनुहोस्; लापरवाहीले समस्या ल्याउन सक्छ।यस हप्तामा तपाईं सोचेका काम समयमै सम्पन्न गर्न सफल हुनुहुनेछ। यसले तपाईंको मनमा ऊर्जा र उत्साह बढाउनेछ। करियर र व्यापारमा महत्त्वपूर्ण अवसरहरू प्राप्त हुनेछन्।
तर व्यक्तिगत जीवनसँग सम्बन्धित केही समस्याहरू थोरै बोझको रूपमा रहन सक्छन्।मित्रहरूको सहयोग लाभदायक रहनेछ। व्यवसायीहरूका लागि अचानक आर्थिक लाभ मिल्ने संकेत छन्। बजारको चलनबाट फाइदा लिन सकिनेछ। विदेशसँग सम्बन्धित काममा पनि राम्रो लाभ मिल्नेछ। अदालत वा कानुनी मामिलामा फैसला तपाईंको पक्षमा आउन सक्छ। भूमि–भवनका विवाद समाधान हुनेछन्।
हप्ताको अन्त्यतिर पर्यटन वा तीर्थाटनको यात्रा हुनसक्छ, जसले मनमा शान्ति र खुशी ल्याउनेछ। सम्बन्ध र स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। मौसमी रोगले शारीरिक र मानसिक पीडा दिन सक्छ। गलतफहमीले प्रेम सम्बन्धमा दूरी ल्याउन सक्छ; यस्तो अवस्थामा विवादभन्दा संवाद अपनाउनु लाभदायक हुनेछ।
उपाय- हरेक दिन शिव चालीसाको पाठ गर्नुहोस्।
मीन राशि
यो हप्ता मीन राशिका जातकहरूका लागि खुसी र सौभाग्य लिएर आउनेछ। प्रेम जीवनमा रहेका व्यक्तिहरूलाई विवाहको शुभ समाचार मिल्ने योग छ। वैवाहिक जीवनमा पूर्ण प्रेम र समझदारी रहनेछ। घुमघाम वा यात्राको योजना बनाउन सकिनेछ।आर्थिक पक्ष बलियो रहनेछ।
धन–धान्यमा वृद्धि हुनेछ र डुबेको धन फिर्ता पाउने सम्भावना छ। लगानीका लागि राम्रो योजना प्राप्त हुनेछन्। व्यापारमा परिवारजनको सहयोग प्राप्त हुनेछ। नोकरीपेशा व्यक्तिहरूले मनपर्ने काम पाउनेछन् र प्रमोशनको संभावना पनि छ।
विद्यार्थीहरूले पढाइमा अत्यधिक आत्मविश्वासी नबन्नु उत्तम हुनेछ। स्वास्थ्यमा कुनै लापरवाही नगर्नुहोस्, नत्र हानि हुन सक्छ । हप्ताको सुरुवातमा करियर वा व्यापार सम्बन्धी लामो वा छोटो यात्रा हुनसक्छ, जुन लाभदायी र सुखद हुनेछ। रोजगारीको खोजीमा रहेका व्यक्तिहरूको चिन्ता इष्टमित्रको सहयोगले टर्नेछ।
यो हप्तामा नोकरीका राम्रो अवसर प्राप्त हुन सक्छ। परिवारमा चलिरहेको मतभेद वरिष्ठ व्यक्तिको मध्यस्थताले समाधान हुनेछ र सम्बन्ध सुध्रिनेछ। हप्ताको मध्यतिर व्यावसायिक गतिविधिमा नयाँ प्रयोग गर्दा लाभ मिल्नेछ।
नयाँ भागीदार वा सहकार्यकर्तासँगको मिलनले व्यापारमा प्रगति हुनेछ।हप्ताको अन्त्यतिर कामकाजी महिलाहरूका लागि विशेष रूपले उन्नति र सम्मान प्राप्त हुने योग छ। घर–परिवारका समस्याहरू समाधान हुनेछन्। राजनीति वा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू वाणी र कौशलद्वारा प्रभाव जमाउन सफल हुनेछन्।
प्रेम सम्बन्धमा यो हप्ता सकारात्मक र अनुकूल रहनेछ। लव पार्टनरसँग राम्रो तालमेल रहनेछ र जोडीको प्रशंसा सुनिनेछ । दाम्पत्य जीवनमा खुशी रहिरहनेछ। ससुराल पक्षबाट विशेष सहयोग प्राप्त हुनेछ।
उपाय- हरेक दिन विष्णु सहस्रनामको पाठ गर्नुहोस्। यसले भाग्य बल, सफलता र मानसिक शान्ति प्रदान गर्नेछ।































प्रतिक्रिया