निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र बुझाएका छन् ।

शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ज्ञापन पत्र बुझाउँदै नेताहरुले फागुन २१ को निर्वाचनमा भाग लिनु अघि महाधिवेशनबाट नयाँ नीति र नेतृत्वको चयन गर्न माग गरे । कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई बुझाइएको ज्ञापन पत्रमा २४ जना नेताको हस्ताक्षर छ । उपत्यकामा उपलब्ध नेपाली कांग्रेस काठमाडौं सम्पर्क समिति सभापतिहरुका तर्फबाट ज्ञापन बुझाइएको ओखलढुंगा–काठमाडौं उपत्यका सम्पर्क समिति सभापति खिलनाथ लुईंटेलले जानकारी दिए ।

‘काँग्रेसको विधानमा कार्यसमितिको कार्यकाल ४ बर्ष ब्यबस्था गरिएको छ । हरेक ४ वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्छ । अहिले देशमा बिषम राजनीतिक परिस्थितिले आमनिर्वाचन दुई बर्ष अगावै आएको छ । बदलिएको परिस्थितिमा रुपान्तरित, पुनर्गठित र पुनर्जागृत काँग्रेस सम्पूर्ण सदस्यहरुको र आमजनताको चाहना हो । नेपाली काँग्रेस फाल्गुण २१ को निर्वाचनमा भाग लिनु अघि महाधिवेशनबाट नयाँ नीति र नेतृत्वको चयन अनिवार्य छ ।

यदि युवा पुस्ताको भावनाअनुसार पुस्तान्तरणसहितको त्यस्तो नेतृत्व चयन गरी युवा पुस्ताको प्रतिनिधित्वसमेत सुनिश्चित गरिएन भने यथास्थितिमा कांग्रेसको भविष्य अन्धकार मात्रै होइन, औचित्य विहिन बन्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले आम मतदाताले अन्तर्मनबाट मत दिन मन पराउने पार्टी बनाउन केन्द्रीय कार्य–समितिको बैठकमा महामन्त्रीद्वारा प्रस्तावित मिति २०८२ पौष १६ देखि १९ मा १५ औँ महाधिवेशन गर्न केन्द्रीय कार्यसमितिमा राखेको प्रस्तावलाई ऐक्यवद्धता समेत जनाएका छन् । नियमित महाधिवेशन गर्न सक्ने अवस्था नभएमा विधानको ब्यबस्था अनुसार निर्वाचन अगावै विशेष महाधिवेशन गर्न उनीहरुको जोड थियो ।

Skip This
Skip This
Logo