काठमाडौं । नेपाल ट्रष्टको जग्गा हिनामिना प्रकरणमा ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कार्कीलाई ठगी र आपराधिक विश्वासघातको मुद्दामा पक्राउ गरेको हो। उनी हाल अवकाश प्राप्त कर्मचारी हुन्।
अनुसन्धानअनुसार काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा थामसेर्कु ट्रेकिङ प्रालिसँग लिजमा दिने क्रममा नियमानुसार संचालक समितिको निर्णयबिना र बिनाआधार अर्को कित्ता पनि थप गरी लिज सम्झौता गरिएको थियो। सम्झौतामा ३ वर्ष निर्माण अवधिको बिओटी मोडलका लागि भएको ठाउँलाई ३० वर्षका लागि लिजमा दिने निर्णय गरिएको थियो।































प्रतिक्रिया