हेटौँडा
प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले शुक्रबार (आज) प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ ।
नेपालको संविधानको १८४ धाराको उपधारा २ बमोजिम प्रदेश सरकारको आगामी आव २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रमलाई प्रदेश मन्त्रिपरिषद्ले हिजो पारित गरेको मन्त्रिपरिषद्को कार्यालयका सचिव रेश्मीराज पाण्डेले बताउनुभयो ।
बिहिबार बसेको प्रदेशसभाको बैठकले मुख्यान्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र शर्त सम्बन्धी विधेयक माथि दफाबार छलफल गरी स्वीकृत गरेको छ । प्रदेशसभाको अर्को बैठक शुक्रबार अपराह्न ४ः३० बजे बस्नेछ ।
रासस































प्रतिक्रिया